कर्तव्य, दिक्पाल श्रेष्ठ

दिक्पाल श्रेष्ठ

 

हत्या िहंसा आतंक त्याग्नुपर्छ,
देश विकास गर्नमा जनता आफै लाग्नुपर्छ ।
विरोध गरौं हामी अन्याय र अत्याचारलाई,
उखेलेर फाल्नुपर्छ यस्ता काँडे झारलाई ॥

जति सहनु सही सक्यौं अब सक्दैनौ सहन,
आ-आफैले गर्नुपर्छ अब जिम्मेवारी बहन ।
गोरखालीको छोरा अनि हौं हामी वीर,
देशद्रोहीहरु जतिको काट्नुपर्छ शीर ॥

छोड्नुपर्छ सबैले मनको रिस र राग,
पुछ्नुपर्छ हामीले दिलको कालो दाग ।
आ-आफूमा भक्षक होइन रक्षक बन्ने गर्नुपर्छ,
आइपरे देशकालागी ज्यान दिएर लड्नुपर्छ ॥

कलम लिनु हातमा नलिनु कसैले छुरा,
सहिदको सपनालाई गर्नुपर्छ पूरा ।
रगत सबको रातो हुन्छ सेतो हुन्न हेर,
आपसमा कल गरी नफालौं समय धेर ॥

दिक्पाल श्रेष्ठ
कक्षा – १०
सहिद स्मृति उच्च मा.वि.
बुंकोट

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *