गणतन्त्र आयो, कमला तिवारी

गणतन्त्र आयो, कमला तिवारी

आयो हौ देशमा गणतन्त्र आयो,
जनताको मनामा हर्ष र उमङ्गले छायो,
कति सहिदहरुको रगत खायो राजतन्त्रले,
देशमा अब शान्ति ल्यायो गणतन्त्रले ।

सुन्दर देशमा निर्माणमा दिन्छौं सबैले वलिदान,
केही दिनमा यो देशमा बन्छ नयाँ संविधान,
नेता भन्छन् हुदैन अब देशमा अत्याचार,
अझै पनि लुकिछिपि भईरहेछ भ्रष्टाचार ।

नयाँ नेपाल निर्माण गर्न जनता सबै लाग्नेछ,
अत्याचारलाई हटाउन नेता-जनता सबै लाग्नेछ,
शान्ति अनि सुरक्षा देशमा अब आउँनेछ,
जनताको मागलाई गणतन्त्रले पुर् याउँनेछ ।

कमला तिवारी
कक्षा – १२
गोरखा

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *