नारी चेतना, सृजना श्रेष्ठ

नारी चेतना,सृजना श्रेष्ठ

निराशामा जन्मिएको म अभागी छोरी
आँसु झारी दिन बिताउँछु जन्मकुण्डली हेरी
किन भए बा-आका निम्ती सधैं भा
छोरा छोरी भेदभाव किन हुन्छ बारम्बार ।

मेलापात हिड्ने पर्ने घाँस दाउरा बोकी
कति बसौ्र निराशामा मनको इच्छा रोकी
पढ्ने लेख्ने चाहाना छ हृदयमा मेरो
हटाउनुपर्छ अब कुरीतिको जरो ।

यो सृष्टिमा कतै पनि कमजोर छैन नारी
ज्ञानगुनले जीवन फेरौं संसार सुन्दर पारी
नारी कमजोर हुनुपर्ने भाग्य खोटो होइन
बल्ल बुझेँ लेख्छु पढ्छु दब्नुपर्ने छैन ।

सृजना श्रेष्ठ
कक्षा : १०
श्री सहिद स्मृति उच्च माध्यमिक विद्यालय

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *