दुर दर्सी निडर तिमी यो देशको मियो थियौ,
आफु भयौ स्वर्गे बास हामीलाई पिडा दियौ ।
किशोरदेखि राजनीतिमा देशकै पिर भो रोगमा पनि,
देशमा शान्ति ल्याइछाडेउ शान्ति दुत बनि।
बिराटनगर जुट मिल देखि राष्ट्र प्रमुख नेपालको,
हरेक पक्ष सकारात्मक तिमीले गर्ने सवालको ।
जेल बस्यौ, निर्वासन भो देशकै मुहार हसाउनलाई,
लाठी अश्रु केही भनेनौ तानाशाही खसाउनलाई ।
जे बोल्यौ त्यही गर्यौ निर्भिकता र द्रीढतामा,
सधैं अघि बढी रहयौ हासो, आशु, बेदनामा ।
जनमतथ्यो तिम्रो साथ सुर्य झुक्थ्यो ताप घटाइ,
देशको बाग्डोर समालेथ्यौ जनताका ब्यथा मेटाइ ।
प्रजातन्त्र, लोकतन्त्र, गणतन्त्र देशमा छाडि,
गयौ तिमी पञ्चायत अनी निरन्कुसता गाडी ।
चौरासीको उमेर मानी बिसतिस बर्से जोश बोकी,
बिश्व्भरी उस्तै नाता कलियुगको देउतै हो की ।
गिरिजाको प्रसाद तिमी चन्द्र बन्यौ गिरिजा बाबु,
बिरोध गर्ने सहि हो भन्दै पर्न आउथे तिम्रो काबु ।
गुन्जिरहला तिम्रो नाम नेपालसंगै चौध भुवन,
मरेर नी बाचि राछौ गिरिजाबाबु श्रदा सुमन ।
रामचन्द्र कार्की
आँपपीपल ४,
राईगाउ गोरखा ।