धड्कनकी आफ्नी मान्छे आँखातरी हेर्न थालिन
विश्वास गर्यो विश्वासमाथि घात गरी हेर्न थालिन ।
मुस्कुरायो अँध्यारिन्छिन वास्ता गर्यो बटारिन्छिन
आलो घाऊ खोतलेर जहर छरी हेर्न थालिन ।
छातीचिरी देखाउँदा ध्वासोधसी मनमा किन
पल्टाएर जीवनका बाह्रखरी हेर्न थालिन।
खुल्ला हात मुठ्ठी कस्दै बच्चनका बाण तिखादै
फूलको निहुमा शुल दिई अमनपरि हेन थालिन।
धड्कनकी आफ्नी मान्छे आँखातरी हेर्न थालिन
विश्वास गर्यो विश्वासमाथि घात गरी हेर्न थालिन ।