गोरखामा काङ्ग्रेसका क्रियाशील सदस्य सात हजारबाट बढेर बाह्रहजार पुग्यो

गोरखामा काङ्ग्रेसका क्रियाशील सदस्य सात हजारबाट बढेर बाह्रहजार पुग्यो

गोरखामा नेपाली काङ्ग्रेसका क्रियाशील सदस्य संख्या १२ हजार दुईसय १५ पुगेको छ । यसअघिको १३ औँ जिल्ला अधिवेशनमा सातहजार सदस्य संख्या रहेकोमा चौधौँ अधिवेशनमा पाँच हजार भन्दा धेरै बढेको जिल्ला पार्टी कार्यालयले जनाएको छ ।
क्षेत्र नं. १ मा ६,६९५ क्रियाशील सदस्य छन् भने क्षेत्र नं. २ मा ५,५२० जना क्रियाशील सदस्य रहेका क्षेत्रीय पार्टी कार्यालयले जनाएको छ । क्षेत्र नं. १ मा तीनहजार ९१ जना नयाँ सदस्य छन् भने तीनहजार छसय चार जना पुराना सदस्यले नवीकरण गरेका क्षेत्रीय सभापति धिरन थापाले जानकारी दिए ।
थापाका अनुसार सबैभन्दा धेरै गण्डकी गाउँपालिकामा चौधसय छ जना क्रियाशील सदस्य छन् । त्यस्तै भीमसेन थापा गाउँपालिकामा तेह्रसय असी जना, गोरखा नगरपालिकाको वडा नं. १ देखि ७ सम्म एकहजार ५३ जना, शहीद लखन गाउँपालिकामा नौसय ८८ जना, आरुघाट गाउँपालिकामा नौसय ७९ जना, चुमनुब्री गाउँपालिकामा चारसय दुईजना छन् भने धार्चेमा तीनसय ८२ जना क्रियाशील सदस्य रहेका छन् ।
त्यस्तै क्षेत्र न दुईमा पच्चीसय १४ जना पुराना सदस्यले नवीकरण गरेका छन् भने तीनहजार छ जनाले नयाँ क्रियाशील सदस्यता लिएका छन् । क्षेत्रीय सभापति गोविन्द गुरुङका अनुसार सबैभन्दा धेरै पालुङ्टार नगरपालिकामा चौधसय ६२ जना क्रियाशील सदस्य रहेका छन् । त्यस्तै सिरानचोक गाउँपालिकामा तेह्रसय ८९ जना, अजीरकोट गाउँपालिकामा एकहजार ९२ जना, बारपाक सुलीकोट गाउँपालिकामा आठसय २७ जना, र गोरखा नगरपालिकाको वडा नं. आठदेखि १४ सम्म सातसय ५० जना क्रियाशील सदस्य रहेका छन् ।
काङ्ग्रेसले आउँदो भदौको १६ गतेदेखि १९ गतेसम्म केन्द्रीय महाधिवेशन गर्दैछ । त्यसअघि भदौको १ र २ गते प्रदेश समितिको अधिवेशन, त्यसअघि साउन २६ गते जिल्ला अधिवेशन हुदैछ । जिल्ला अधिवेशनअघि साउन २३ गते प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन र २० गते प्रदेश सभाको क्षेत्रीय अधिवेशन हुने भएको छ । त्यस्तै पालिका कमिटीहरुको अधिवेशन साउन १६ गते हुदैछ भने वडा कमिटीको अधिवेशन साउन १२ गते हुदैछ ।
यसपटकदेखि नेपाली काङ्ग्रेसको जिल्ला कार्यसमितिको निर्वाचनका लागि मतदान पालिकाबाटै हुने भएको छ । पालिकाभित्रका क्षेत्रीय प्रतिनिधिहरुले आ–आफ्नै पालिकामा रहेर मतदान गर्ने व्यवस्था मिलाइएको क्षेत्रीय सभापति धिरन थापाले जानकारी दिए ।
१४ औँ महाधिवेशनका लागि गत असोज महिनादेखि काङ्ग्रेसले क्रियाशील सदस्यता वितरण तथा नवीकरण कार्य सुरु गरेको थियो ।साभारः दरौँदी दैनिक पत्रिका

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *