चार विद्यार्थी संगठनद्वारा विरोध प्रदर्शन

चार विद्यार्थी संगठनद्वारा विरोध प्रदर्शन

 

सरकारको विभिन्न असंवैधानिक कदमका बिरुद्ध गोरखाका चार विद्यार्थी संगठनहरुले विरोध प्रदर्शन गरेका छन् । नेविसंघ, अखिल (क्रान्तिकारी), अनेरास्ववियू(माधव नेपाल, झलनाथ समूह) र जसपा निकट समाजवादी विद्यार्थी युनियनले साँझ बिरोध प्रदर्शन गरेका हुन् ।

पुरानो बसपार्कबाट सुरु भएको चार विद्यार्थी संगठनको जुलुसले हरमटारीमा पुगेर मसाल जुलुस समेत प्रदर्शन गरेका थिए । जुलुसले राष्ट्रपति र प्रधानमन्त्रीको मिलेमतोमा चालिएको असंवैधानिक निर्णयहरु बदर हुनुपर्ने, जातीय छुवाछुतको ब्यबहार गर्नेलाई संरक्षण गर्ने मन्त्री कृष्ण गोपाल श्रेष्ठलाई कारबाही गर्नुपर्ने माग राखेका थिए ।

साथै उनीहरुले राष्ट्रपति, प्रधानमन्त्रीको पुतला दहन गर्ने प्रयास गरेका थिए । तर प्रहरीले तत्कालै हस्ताक्षेप गरेको थियो ।

जुलुसपछिको कोणसभामा नेविसंघका अध्यक्ष सुवास अधिकारी, अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य आरके भट्ट, अनेरास्ववियूका अध्यक्ष सचिन भट्टराई लगायतले मन्तव्य ब्यक्त गरेका थिए ।साभारः दरौँदी दैनिक पत्रिका

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *