गोरखा
गण्डकी प्रदेशमा जसपाका सांसद हरिशरण आचार्य सहित ४ जना मन्त्री नियुक्त भएका छन । कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली शनिबार दिउँसो मुख्यमन्त्रीमा नियुक्त भए संगै ४ जना लाई मन्त्रीमा नियुक्ती गरेको हो । नियुक्ती भएका अन्य मन्त्रीहरुमा कांग्रेसका कुमार खड्का, माओवादी केन्द्रकी मधुमाया अधिकारी गुरुङ र स्वतन्त्र सांसद राजीव गुरुङ (दीपक मनाङे) छन् ।
मन्त्री नियुक्त भएका आचार्य गोरखा क्षेत्र नं २ अन्तर्गत प्रदेश(क) बाट निर्वाचित भएका हुन । सबै जना बिना विभागीय मन्त्रीका रुपमा नियुक्त भएका छन । मुख्यमन्त्री नेपाली सहित नियुक्त मन्त्रीहरु लाई शनिवार नै प्रदेश प्रमुख सीता पौडेलले पद तथा गोपनियताको शपथ ग्रहण गराएकी हुन् ।सभार :गोरखाखबर