गण्डकी प्रदेशको मुख्यमन्त्रीमा कांग्रेस नेता पोखरेलको दाबी

गण्डकी प्रदेशको मुख्यमन्त्रीमा कांग्रेस नेता पोखरेलको दाबी

पोखरा – गण्डकी प्रदेशका कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेलले आज आफूलाई मुख्यमन्त्री नियुक्ति गर्न प्रदेश प्रमुखकहाँ दाबी पेस गरेका छन् ।

माओवादी केन्द्र, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चा तथा स्वतन्त्र सांसद राजिब गुरुङको हस्ताक्षरसहित उनी प्रदेश प्रमुखकहाँ गएका हुन् ।
पोखरेलले कांग्रेसका १५ जना, माओवादीका ११ जना र जनमार्चाका, जनता समाजबादी पार्टीका २÷२ जना र स्वतन्त्र उम्मेदवार राजिब गुरुङको दस्तखत सहित मुख्यमन्त्रीमा आफूलाई नियुक्त गर्न दाबी पेस गरेका हुन् ।

६० सदस्य रहेको गण्डकी प्रदेश सभामा एमालेका २७ सांसद छन् ।

प्रदेश प्रमुख सीताकुमारी पौडेलले संविधानको धारा १६८ को उपधारा ५ अनुसार मुख्यमन्त्री नियुक्ति गर्ने प्रयोजनका निम्ति २९ गते ३ः०० बजेभित्र आउन प्रदेश सभा सदस्यका नाममा आह्वान गरेकी थिइन्।
सभार :गोरखा समाचारडट्कम्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *