स्वास्थ्य सामग्री एकद्धार प्रणालीबाट सहयोग गर्न गोरखा प्रशासनको आग्रह

स्वास्थ्य सामग्री एकद्धार प्रणालीबाट सहयोग गर्न गोरखा प्रशासनको आग्रह

 

जिल्ला प्रशासन कार्यालय गोरखाले एकद्धारा प्रणालीबाट सहयोग गर्न आग्रह गरेको छ । कोरोना रोकथाम नियन्त्रण र उपचारका लागि बिभिन्न ब्यक्ति संघ संस्थाले आफुखुसी स्वास्थ्य सामग्री बितरण गरिरहेको सन्दर्भमा प्रमुख जिल्ला अधिकारी शालिग्राम शर्मा पौडेलले दाताहरुलाई एकद्धार प्रणाली अवलम्बन गर्न अनुरोध गरेका हुन् ।

‘स्थानीय तह वा जिल्ला प्रशासन कार्यालय मार्फत कोरोना रोकथाम र नियन्त्रण, उपचारका सामग्री बितरण गर्नुहुन सबैमा अनुरोध छ’ उनले भने ‘एकद्धार प्रणाली अपनाउँदा आवश्यकता परेको ठाउँमा सहयोग पुग्ने र उक्त सहयोग लक्षित जनता सम्म पुग्छ ।’
स्थानीय तहले स्वास्थ्य शाखा मार्फत आवश्यक परेको वडा, टोल र बस्तीमा स्वास्थ्य सुरक्षाका सामग्री बितरण गर्ने भएकाले दाताले दिएको सामग्रीको सही सदुपयोग हुने प्रजिअ शर्माले बताए । साथै जिल्ला प्रशासनमा हस्तान्तरण गरिएको सामग्री पनि स्वास्थ्य कार्यालय मार्फत आवश्यकताका आधारमा स्थानीय तह मार्फत जनताकहाँ पठाउने उनले बताए ।

by:daraundi.com

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *