गोरखामा निषेधाज्ञा उल्लंघन गर्ने ब्यबसायी प्रहरी नियन्त्रणमा

गोरखामा निषेधाज्ञा उल्लंघन गर्ने ब्यबसायी प्रहरी नियन्त्रणमा

जेठ २६, गोरखा । गोरखा बजार क्षेत्रमा निषेधाज्ञा उल्लंघन गरी पसल खोल्ने ब्यबसायीलाई जिल्ला प्रहरी कार्यालय गोरखाले नियन्त्रणमा लिएको छ । निषेधाज्ञा उल्लंघन गरी ब्यबसाय खोल्ने १७ जनालाई नियन्त्रणमा लिएको डिएसपि प्रकाश दाहालले बताउनुभयो । निषेधाज्ञा उल्लंघन गर्नेमा किराना, फलफुल, स्टेशनरी तथा होटल ब्यबसायी रहेका छन् ।
जिल्ला प्रशासन कार्यालय गोरखाले चौथो पटक आजदेखी लागु हुनेगरी असार ५ गतेसम्म निषेधाज्ञा थप गरेको छ । यो अबधिमा दैनिक उपभोग्य खाद्यान्न, कृषिजन्य र पशुपंक्षीको दाना पसल, तरकारी, फलफुल, दुध दही, माछा मासु, निर्माण सामाग्री विक्रि वितरण गर्ने पसल र वर्कसप विहान ४ घन्टामात्र खोल्ने अनुमति दिईएको छ । तर प्रशासनले रोक लगाएको ब्यबसाय तथा अनुमति पाएको बाहेक अतिरिक्त समयमा पनि पसल खोल्नेहरुलाई नियन्त्रणमा लिएको डिएसपि दाहालले बताउनुभयो ।
नियन्त्रणमा लिएकाहरुलाई अबदेखि निषेधाज्ञाको पुणर् पालना गर्ने शर्तमा सम्झाई बुझाई छाडेको उहाँले जानकारी दिनुभयो । निषेधाज्ञा उल्लंघनको क्रम दोहोरीएमा उनिहरुलाई संक्रामक रोग निवारण ऐन २०२० र कोभिड संकट व्यवस्थापन अध्यादेश २०७८ बमोजिम कानूनी कारवाही गर्ने डिएसपि दाहालले बताउनुभयो ।
सभार :choicefm.org

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *