नेपाली काँग्रेसका प्रदेश साँसद प्रकाशचन्द्र दवाडीले गोरखाको केही स्वास्थ्य संस्थालाई दिएको औषधी मिति गुज्रीएका फेला परेको छ ।
गोरखा क्षेत्र नम्बर १ प्रदेशसभा (ख) बाट प्रदेशसभा सदस्यमा निर्वाचित सांसद दवाडीले कोरोना संक्रमितलाई लक्षित गर्दै बारपाक सुलिकोट ४ को सौरपानीमा रहेको रञ्चोक स्वास्थ्य चौकीलाई दिएको औषधी मिति गुज्रीएको फेला परेको हो ।
उत्त क्षेत्रका संक्रमितका लागि भनेर केही दिन अगाडी मात्र साँसद दवाडीले औषधी हस्तान्तरण गरेका थिए । स्वास्थ्य संस्थामा मिति गुज्रीएको औषधी फेला परे पछि छुट्टाएर राखिएको संस्थाका प्रमुले बताए । म्याद गुज्रीएका औषधीहरुमा पखाला लाग्दा खाने एन्टिबायेटिक र खोकीको औषधीहरु भएको संस्थाले जनाएको ।
स्वास्थ्य संस्थाका अनुसार मेट्रोन डिएफ ५९ सिसी मध्ये ३२ वटाको म्याद गुज्रीएका फेला परेको छ । स्वास्थ्य चौकीलाई प्राप्त सबै औषधी चेक जाँचका क्रममा केही औषधी मिति गुज्रीएको पाईएको हो । उत्त औषधी कुनै पनि बिरामीलाई बितरण भने नगरिएको स्वास्थ्य चौकी प्रमुखले जानकारी दिए ।
यता सांसद दुवाडीले भने स्वास्थ्य संस्थालाई बितरण गरेका औषधीहरु केही म्याद गुज्रेको भेटिएकाले बितरण गर्नु अघि नै छुट्याइएर राखिएको दावी गरे । केही औषधी आफैले खरिद गरेको र केही शुभेच्छुक साथीहरुबाट संकलन गरिएको कारण त्यस्तो पर्न गएको उनले स्वीकार गरे ।
सभार :गोरखा समाचार