गोरखा अस्पतालको विवाद साम्य : एकजुट भएर कोरोनाविरुद्ध लड्ने समझदारी

गोरखा अस्पतालको विवाद साम्य : एकजुट भएर कोरोनाविरुद्ध लड्ने समझदारी

गोरखा अस्पतालमा केही दिनदेखि सिर्जित समस्या साम्य भएको छ । आइतबार अपरान्ह सम्पन्न त्रिपक्षीय बैठकले पुराना रिसराग मेटेर कोरोना विरुद्ध एकजुट भएर लड्ने सहमति गरेको सूचना अधिकारी कृष्ण ढकालले जानकारी दिए ।

अस्पतालका सम्पूर्ण चिकित्सक, स्वास्थ्यकर्मी, कर्मचारी र अस्पताल व्यवस्थापन समिति बैठकमा सहभागी थिए । ‘अब उप्रान्त यी र यस्ता आरोप नलगाई यस विषम परिस्थितिमा सबै चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारी एकजुट भएर कोभिड १९ विरुद्ध लड्ने प्रतिवद्धता व्यक्त गरियो’, ढकालले भने ।

सभार :दरौँदी दैनिक पत्रिका

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *