कोरोनाले अभिभावक गुमाएका बालबालिकालाई मासिक ५ हजार, परिवारलाई ५० हजार पोखरा ।

कोरोनाले अभिभावक गुमाएका बालबालिकालाई मासिक ५ हजार, परिवारलाई ५० हजार पोखरा ।

गण्डकी प्रदेशमा कोरोना संक्रमणबा अभिभावक गुमाएका बालबालिकाले सामाजिक सुरक्षाबापत मासिक ५ हजार रुपैयाँ प्राप्त गर्ने भएका छन् ।

गण्डकी प्रदेश सरकारका अर्थमन्त्रीसमेत रहेका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले बजेट प्रस्तुत गर्दै बाबुआमा गुमाएका बालबालिकालाई मासिक ५ हजार रुपैयाँ दिने कार्यक्रम सार्वजनिक गरेका छन् ।

गण्डकी प्रदेशभित्र कोरोना संक्रमणबाट ज्यान गुमाएका परिवारले ५० हजार रुपैयाँ पाउने भएका छन् । कोरोनाबाट मृत्यु भएका प्रत्येक परिवारलाई ५० हजार रुपैयाँ नगद आर्थिक सहयोग गर्न बजेटमा व्यवस्था गरिएको नेपालीले बताए ।
२९ गतेमात्र गठन भएको मुख्यमन्त्री पोखरेल नेतृत्वको सरकारले कोभिड-१९ लाई प्रमुख प्राथमिकतामा राखेर बजेट ल्याएको छ । कोरोना उपचार, नियन्त्रण र रोकथामलाई प्रमुख प्राथमिकतामा राखिएको मुख्यमन्त्री पोखरेलले बताए ।
कोरोनाका कारण स्वदेश र विदेशमा रोजगारी गुमाएर फर्किएकाहरुलाई रोगारीको विकास गर्ने प्राथमिकताका साथ बजेट बिनियोजन गरेको पोखरेलको भनाइ छ । दक्ष जनशक्तिको विकास, कोरोनाबाट प्रभावित उद्योग व्यवसायलाई राहत र पुनर्जीवनमा जोड दिने गरी बजेट बिनियोजन गरेको पोखरेलले बताए ।
प्रदेशका सबै नागरिकलाई लगाउने गरी खोप खरिद गर्न सरकारले बजेट बिनियोजन गर्ने भएको छ ।साभारः च्वाईस एफ एम

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *