पालुङटार नगरपालिका

पालुङटार नगरपालिका Palungtar Municipality Palungtar Gorkha

 

गोरखा जिल्ला नेपालको गण्डकी प्रदेश अन्तर्गत पर्ने जिल्लाहरु मध्ये एक ऐतिहासिक महत्व रहेको जिल्ला हो । यो समुन्द्री सतहबाट २२८ मिटर देखि ८,१६३ मिटर सम्मको उचाईमा रहेको साथै ३,६१० वर्ग कि.मी मा फैलिएको यो जिल्लालाई जैविक विविधताले धनी र पर्यटकीय दृष्टिकोणले समेत महत्वपूर्ण मानिन्छ । यस जिल्लालाई हालको संघीय संरचना अनुसार २ नगरपालिका, ९ गाउँपालिका र ९४ वटा वडामा विभाजन गरिएको मध्ये १ नगरपालिका हो पालुङटार नगरपालिका ।

२०७१ सालमा साविकको ४ वटा गा.वि.स (च्या∙ली, गाईखुर, पालुबटार, आँपपिपल) मिलेर तथा २०७३ सालमा संघियता लागू भएपछि ३ वटा गा.वि.स (मिरकोट, धुवाकोट र खोप्लाब) थपिई बनेको नगरपालिका हो यस नगरपालिकामा स्मार्ट सिटीको सर्भे अनुसार ९५४४ घरपरिवार जसमा १९०३२ जना पुरुष र १८७०१ जना महिला गरी कुल ३७७४८ जना जनसंख्या रहेको छ ।
यसरी बनेको हालको नगरपालिकाको क्षेत्रफल (१५८.६२ बर्ग कि.मी) रहेको छ भने यस नगरपालिकाको पूर्वमा गोरखा न.पा र सिरान्चोक गा.पा, पश्चिममा तनहँु जिल्ला, उत्तरमा सिरानचोक गा.पा र लमजुब जिल्ला र दक्षिणमा गोरखा न.पा र तनहँु जिल्ला पर्दछ ।

यस नगरपालिकामा लिगलिगकोट जस्तो ऐतिहासिक सास्कृतिक सम्पदाले भरिपूर्ण भएको पर्यटकिय स्थल पनि रहेको छ जहाँ प्रत्येक वर्षको असोजमा लिग लिग दौड प्रतियोगिता द्धारा १ वर्षका लागि लिगलिगेराजा चयन गर्ने गरिन्छ ।

पर्यटकीय स्थल तथा मन्दिरहरु

  • लिगलिगकोट दरबार
  • थानीको थान मन्दिर
  • तालपोखरी
  • सिद्दालेक (तामा खानि)
  • कोट गढी
  • भुलभुले खार तातोपानी
  • तातो पानी
  • पाच्यान स्मृति
  • कालु पाण्डे स्मृति
  • कालामहादेव मन्दिर धारापानी
  • चेपे दोभान
  • कामाधेनु मन्दिर
  • बनदेबी मन्दिर
  • हिरामुनीटार महादेव मन्दिर
  • अन्नपुर्ण मन्दिर
  • भण्डारथोक कालिका
  • महादेव मन्दिर
  • भुमिमाइ मन्दिर
  • माई मनकामनामन्दिर
  • जल्पादेवी मन्दिर
  • राधाकृष्ण मन्दिर

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *