नारायणलाई हेर्न तँछाडमछाड

नारायणलाई हेर्न तँछाडमछाड

(२०६८)
पर्वत, भाद्र २४ – न उनी चर्चित नेता नै हुन् । न त कुनै फिल्म वा म्युजिक भिडियोमा अभिनय गर्ने कलाकार । तर साताअघि कार्यक्रमको सिलसिलामा यहां आएका सञ्चारकर्मी नारायण श्रेष्ठले पाएको स्नेह यसअघि विरलै देखिएको थियो । स्थानीय गाँजा युवा क्लबले गरेको कार्यक्रमको सहजीकरण गर्न काठमाडौंबाट धौलागिरि आएका श्रेष्ठ आकर्षणका केन्द्र बने ।

उद्योग वाणिज्य संघको सभाहलमा आयोजित कार्यक्रममा उनलाई हेर्न बजारवासीको भीड आश्चार्यजनक शैलीमा बढ्यो । केही उनलाई प्रत्यक्ष भेट्न त कोही उनको आवाज मात्र सुन्न वाणिज्य हल पुगे । उनको प्रशंसा नगर्ने विरलै भेटिए ।

भीडभाडमा उनलाई क्यामेरामा कैद गर्नेले कार्यक्रमको अन्तिम समयसम्म पछ्याइरहे । केही बीबीसीको साझा सवाल छायाँकन भएको लख काटिरहेका थिए । उनले आफू बीबीसीको कार्यक्रम सञ्चालक भए पनि यहां बीबीसीका लागि नआएको बताउँंदा पनि सबैले ध्यानपूर्वक कार्यक्रम हेरिरहे । ‘अचानक होटलमा बस्न भनेर आए, म त झसंग भएँ,’ प|mेन्डली होटलका सञ्चालक टंकनाथ आचार्यले भने, ‘उनलाई देखेर अकमकिएर केही बोल्न सकिन ।’ उनले सञ्चालन गर्ने कार्यक्रमका उनी नियमित दर्शक रहेछन् । टेलिभिजन कमै हेर्ने उनी नारायणको कार्यक्रम कहिल्यै हेर्न छुटाउँदैनन् । ‘मान्छे सोचेभन्दा धेरै नै सरल रहेछन्,’ श्रेष्ठको प्रशंसा गर्दै उनले भने, ‘टीभीमा देखे भन्दा साँच्चै सिम्पल ।’ त्यसो त उनलाई हेर्न र उनका जीवनगाथा सार्वजनिक गर्न सञ्चारकर्मीले समेत घेर्न छुटाएनन् ।

पहिलोपटक धौलागिरि आएका उनले पहिलो अन्तर्वार्ता भने महिलाद्वारा सञ्चालित रेडियो दिदीबहिनीलाई दिए । ‘म आफू कार्यक्रम प्रस्तोता भएकाले उनलाई चिनेदेखिकै फ्यान नै हुँ,’ पहिलोपटक नारायण श्रेष्ठसँग अन्तर्वार्ता लिएपछि अनुभव साट्दै स्टेसन म्यानेजर योजना शर्माले भनिन्, ‘उनलाई भेट्न त सक्थे होला तर यसरी स्टुडियोमा प्रत्यक्ष अन्तर्वार्ता लिन सायद पाउँदिन थिएँ कि ?’ श्रेष्ठको अन्तर्वार्ता लिएपछि थप प्रेरित बनेको बताइन् ।

पर्वतमा कार्यक्रम सकेर म्याग्दी पुगेका उनलाई केही एफएमले स्टुडियोमा नै लगेर त केहीले टेलिफोनबाटै अन्तर्वार्ता लिए । त्यसो त जिविसको सभा हल कार्यक्रम सुरु हुनु अगावै सर्वसाधारणले भरिभराउ थियो । ७ सय क्षमताको उक्त सभा हल भरिएपछि केही सर्वसाधारणले बाहिरैबाट उनको आवाज सुनेर सन्तुष्ट भए । कार्यक्रम सकिएलगत्तै उनलाई घेरेर अटोग्राफ लिनेको जमात पनि छुट्टै थियो । ‘यो हल यसरी सर्वसाधारणले भरिने गरेको थिएन,’ म्याग्दीका सञ्चारकर्मी हरिकृष्ण गौतमले भने, ‘यति धेरै मान्छे तान्ने श्रेष्ठ सायद पहिला व्यक्ति नै होलान् ।

राजनीतिक दलका शीर्ष नेता आउंँदा पनि यति धेरै सर्वसाधारणको उपस्थित हुने गर्दैन ।’ नारायणलाई प्रत्यक्ष हेर्न शिक्षक, विद्यार्थी, सञ्चारकर्मी, कार्यालयका कर्मचारी पनि कार्यालय नै छाडेर पुगेका थिए । ‘मलाई नारायण श्रेष्ठ यति मन पर्छ कि जसको म वर्णन गरेरै सक्दिन,’ म्याग्दीका कोष तथा लेखा नियन्त्रण कार्यालयका लेखापाल तेज पौडेलले भने, ‘आज प्रत्यक्ष भेट्ने मेरो सपना पूरा भयो ।’ उनले श्रेष्ठ आएको खबर सुनेलगत्तै कार्यालयको काम छोडेरै हेर्न पुगेको बताए । हँंसिला र जोसंँग पनि नम्र रूपमा प्रस्तुत हुने श्रेष्ठले कसैसंँग बोल्न हिचकिचाएनन् ।

उता बागलुङ पुगेका श्रेष्ठको कार्यक्रम हेर्न गाउँगाउँदेखि हजारौंको संख्या बालमन्दिर सभा भवनमा झुम्मिएको थियो । कार्यक्रममा बालबालिकादेखि बुढापाकाको समेत बाक्लो उपस्थिति रह्यो । उनले कार्यक्रम सञ्चालन गरेदेखि नसक्दासम्म उपस्थित भएका हचचल गरेनन् । उनलाई सोचेभन्दा धेरै नै फरक पाएको प्रत्यक्ष देख्नेले प्रतिक्रिया दिए । ‘एफएममा अन्तर्वार्ता लिएमध्ये सबैभन्दा धेरै प्रतिक्रिया श्रेष्ठको अन्तर्वार्ता लिँदा आयो,’ धौलागिरि एफएमको जीवन गोरेटोमा अन्तर्वार्ता लिएका कार्यक्रम सञ्चालक मोहराज शर्माले भने, ‘अन्तर्वार्ता लिएको तीन दिनसम्म निरन्तर प्रतिक्रिया आइरह्यो ।’ योभन्दा अघि गगन थापाको अन्तर्वार्ता लिँदा उनले यत्ति नै धेरै प्रतिक्रिया पाएका थिए ।

त्यसो त उनले सञ्चालन गर्ने साझा सवाल कार्यक्रम नहेर्ने र नसुन्ने दर्शक र श्रोता कमै होलान् । उनले पत्रपत्रिका र एफएममा दिएका हरेक अन्तर्वार्तामा पत्रकारितामा लागेका युवा जमातलाई हौसला प्रदान गर्न चुकेनन् । ‘अहिलेसम्म मैले यति धेरैको संख्यामा मेरा शुभचिन्तक देखेको थिइन,’ श्रेष्ठले कान्तिपुरसँग भने, ‘त्यही भएर नेपाली सञ्चार माध्यमलाई मनपराउने धेरै हुनुुहँुदोरहेछ ।’ उनले ६१ जिल्लापछिको यात्रा धौलागिरि अञ्चलमा तय गरेको र जहांँ धेरै प्रशंसकलाई देख्न र भेट्न पाउँंदा मन प्रफुल्लित भएको सुनाए ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *