गोरखामा ३ सय ८० कोरोना संक्रमित

स्थानीय तहको संस्थागत क्षमता स्वमूल्याङ्कनमा वारपाक सुलिकोट उत्कृष्ट (गोरखाका कुन पालिकाले कति अंक ल्याए ?)

गोरखा
गोरखामा हाल ३ सय ८० जना कोरोनाका सक्रिय संक्रमित रहेका स्वास्थ्य कार्यालय गोरखाले जनाएको छ । आज एक सय ५५ जना कोरोना संक्रमणमुक्त भएसँगै जिल्लामा कोरोना संक्रमितको संख्या ३ सय ८० मा झरेको स्वास्थ्य कार्यालयका महामारी फोकल पर्सन नारायणबाबु अर्यालले बताउनुभयो ।
आज २७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पीसिआर र एन्टिजेन विधिबाट एक सय ७ जनाको कोरोना परिक्षणका क्रममा २७ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय गोरखाले जनाएको छ । आज परिक्षण गरिएकामध्ये २५.२३ प्रतिशतमा कोरोना संक्रमण पुष्टि भएको महामारी फोकल पर्सन अर्यालले बताउनुभयो ।

गोरखामा गत चैतयता पिसिआर र एन्टिजेन विधिबाट १४ हजार ६२ जनाको कोरोना परिक्षण गरिएकोमा ३ हजार ८ सय ८६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । त्यसमध्ये ३ हजार ४ सय ८४जना निको भएका र २३ जनाको मृत्यु भएको छ । जिल्लामा कोरोना पोजेटिभ दर २७.६३ र निको हुने दर ८९.६६ प्रतिशत रहेको छ । मृत्युदर ०.५९ प्रतिशत रहेको छ ।
गोरखा घर भई अन्य जिल्लामा रहेका एक सय ९ जनामा कोरोना संक्रमण पुष्टि भएकोमा २४जनाको मृत्यु भएको, ८४ जना निको भएका र १ जना उपचाररत रहेका स्वास्थ्य कार्यालय गोरखाले जनाएको छ ।साभारः च्वाईस एफ एम

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *