गण्डकी सरकारको नीति तथा कार्यक्रममा ‘गोरखा’

गण्डकी सरकारको नीति तथा कार्यक्रममा ‘गोरखा’

गोरखा ।गण्डकी प्रदेश सरकारले मनास्लु संरक्षण क्षेत्रमा प्रकृतीमा आधारीत पर्यटन ब्यबसायलाई प्रबद्र्धन गर्ने भएको छ ।

गण्डकी प्रदेश प्रमुख सीताकुमारी पौडेलले आज प्रदेशको आर्थिक बर्ष २०७८/७९ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै मनास्लु क्षेत्रमा प्रकृतीमा आधारीत पर्यटन ब्यबसाय प्रबद्र्धन गर्ने बताउनुभएको हो । मनास्लु पदमार्गको स्तरोन्नती र सौन्दर्यीकरण गर्ने कार्यलाई निरन्तरता दिने उहाँको भनाई छ ।

उत्तरी गोरखामा वन क्षेत्र बढाउन भुगोल र जलवायु सुहाउदो वृक्षारोपण गर्ने पनि गण्डकी प्रदेश सरकारले कार्यक्रम तय गरेको छ । नीति तथा कार्यक्रममा नेपाल सरकारसँगको सहकार्यमा तिब्तसँग जोड्ने रूइला भन्ज्याङ-साम्दो-ल्हो-प्रोक-विही-सिर्दिबास सडक निर्माणलाई निरन्तरता दिने उल्लेख छ ।

निति तथा कार्यक्रम प्रस्तुत गर्दै प्रदेश प्रमुख पौडेलले गोरखाको गोरखकाली र मनकामना मन्दिर समेत गरी प्रदेशका ११ वटै जिल्ला जोड्ने धार्मिक परिपथ विकास गरिने पनि जानकारी दिनुभयो ।
सभार :choicefm.org

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *