आँबुखैरेनी-पोखरा सडक चार लेनको बनाउन ७ अर्ब २७ करोड विनियोजन

highway nepal

पृथ्वी राजमार्गको नागढुंगामुग्लिन खण्डको स्तरोन्नति र आँबुखैरेनी-पोखरा खण्ड चार लेनको बनाउने योजनालाई सरकारले आगामी आर्थिक वर्षमा बजेट विनियोजन गरेको हो । आँबुखैरेनी-पोखरा सडकका लागि बोलपत्र आह्वान भएर ठेकेदार छनौट पनि भइसकेको छ । यो सडक डेडिकेटेड चार लेनको बनाइँदैछ ।
सरकारले यसका लागि ७ अर्ब २७ करोड रुपैयाँ विनियोजन गरेको छ । गण्डकी प्रदेशकै र देशकै प्रतिक्षित आयोजनाअन्तर्गत पृथ्वी राजमार्गका स्तरोन्नति तथा विस्तारले पोखरा-काठमाडौंलाई सहज र छोटो दूरीमा जोड्नेछ ।
स्रोत : choicefm.org

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *