गोरखामा १४९२९ को जाँच गर्दा ४१२५ जनालाई कोरोना

गोरखामा १४९२९ को जाँच गर्दा ४१२५ जनालाई कोरोना

 

दोस्रो लहरको कोरोना संक्रमण सुरु भएयता गोरखामा चौध हजार नौ सय २९ जनाको जाँच गर्दा चार हजार एक सय २५ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य कार्यालयका अनुसार आज सम्म पिसिआरबाट सात हजार चार सय १८ जनाको कोरोना जाँच गर्दा दुई हजार पाँच सय जनालाई संक्रमण पुष्टि भएको छ ।

सात हजार पाँच सय ११ जनाको एन्टिजेन जाँच गर्दा तीन हजार आठ सय ३५ जनालाई संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालयका महामारी फोक पर्सन नारायणबाबु अर्यालले बताए ।
गोरखामा जिल्ला भित्र जाँच गरेका मध्ये अहिले सम्म कोरोनाबाट मृत्यू हुनेको संख्या २४ रहेको छ ।

जिल्ला बाहिर जाँच गराएका मध्ये एक सय १५ जना संक्रमित भएका थिए । जिल्ला बाहिर संक्रमण भएका मध्ये स्वास्थ्य कार्यालयको तथ्याङ्ग अनुसार २५ जनाको मृत्यू भएको छ ।
आज गोरखामा सक्रिय संक्रमितको संख्या दुई सय ७१ रहेको छ ।

 

साभारः दरौँदी दैनिक पत्रिका

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *