गोरखामा २० गतेबाट सार्वजनीक यातायात खुल्ने, मालपोत नापी र प्रशासनको सेवा पनि सुचारु

गोरखामा २० गतेबाट सार्वजनीक यातायात खुल्ने, मालपोत नापी र प्रशासनको सेवा पनि सुचारु

आउँदो आईतबारबाट गोरखा भित्र सार्वजनीक यातायात चल्ने भएको छ । जिल्ला स्तरीय कोभिड १९ संकट ब्यवस्थापन केन्द्रको शुक्रवार बसेको बैठकले जिल्ला भित्र सार्वजनिक सवारी साधन संचालन गर्न दिने निर्णय गरेको हो । गत बैशाख २२ गतेदेखि बन्द गोरखाका यातायात दुई महिना पछि सञ्चालनमा आउन लागेको हो ।
‘सिट क्षमता अनुसार,स्वास्थ्य मापदण्ड पालना गरी चालक, सह चालक र यात्रुले अनिवार्य सुरक्षाका उपाए अपनाउनुपर्ने गरी जिल्ला भित्र यातायात चल्न दिने निर्णय गरेका हौँ’ प्रमुख जिल्ला अधिकारी शालिग्राम शर्मा पौडेलले भने ।

स्वास्थ्य सुरक्षा मापदण्ड पालना गरे नगरेको निरन्तर अनुगमन भने प्रहरीले गर्ने र नियम उलंघन गर्नेलाई कारवाही गर्ने उनले बताए । जिल्ला बाहिर लामो दुरीका सवारी साधन भने तत्काल नचल्ने भएको छ ।
सर्वसाधारण नागरिकको भिड हुने भन्दै सेवा बन्द गरिएको मालपोत, नापी र जिल्ला प्रशासन कार्यालयले पनि सेवा सुचारु गर्ने भएको छ ।

अत्यावश्यक काम नरोक्ने गरी स्वास्थ्य मापदण्ड अपनाएर सेवा सुरु गर्ने निर्णय भएको प्रमुख जिल्ला अधिकारी शालिग्राम शर्मा पौडेलले बताए ।
खाद्यान्न, तरकारी लगायतका पसल बिहान ५ देखि ११ र फेन्सी, इलेक्ट्रोनिक्स लगायतका पसल बिहान १० देखि दिउँसो २ बजे सम्म खुल्न पाउने निर्णय प्रशासनले गरेको छ ।साभारः दरौँदी दैनिक पत्रिका

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *