गाेरखा
गोरखाको धार्चे गाउंपालीका २ रुन्चेतका एक बालकको रुखबाट खसेर मृत्यु भएको छ ।
चराको गुडँ हेर्न घर नजिकैको रुख चढेका १० बर्षका सजन घलेको रुखबाट खसेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।
रुखबाट खसेर करीब १५ फिटमुनी भीरमा पुगेका उनलाई उद्दार गरी गाउंघर क्लिनिकबाट थप उपचारका लागि गाेरखा अस्पताल ल्याईएको थियो । हीजोराति ९:५० मा उनको मृत्यु भएको डिएसपी प्रकाश दाहालले जानकारी दिनुभयो ।
सभार :choicefm.org