बाल संगठनका अध्यक्ष भट्टराईको पहलमा बालमन्दिरमा खाद्यान्न सहयोग

बाल संगठनका अध्यक्ष भट्टराईको पहलमा बालमन्दिरमा खाद्यान्न सहयोग

गोरखा सदरमुकामको बालमन्दिर माध्यामिक विद्यालयमा आबासिय रुपमा अध्ययनरत बालवालिकाका लागि बाल संगठन गोरखाका अध्यक्ष मोहन भट्टराईको पहलमा खाद्यान्न सहयोग गरिएको छ ।

लायन्स क्लव अफ काठमाण्डौँ सानोभेरीको सहयोगमा १० बोरा चामल, दाल १ बोरा, चना १ बोरा, तेल, नुन लगायत गरी २५ हजार रुपैयाँ बरावरको सहयोग गरिएको क्लवका अध्यक्ष सुदिप सिम्खडाले बताए ।
विद्यालयमा आबासिय रुपमा पढ्दै आएका विद्यार्थीलाई खाद्यान्न अभाव भईरहेका बेला लायन्स क्लव अफ काठमाण्डौँ सानोभेरीले सहयोग गरेको भन्दै बाल संगठनका गोरखा जिल्ला अध्यक्ष मोहन भट्टराईले धन्यबाद दिए । विद्यालयका प्रधानाध्यापक शिबहादुर थापालाई उक्त खाद्यान्न उनले हस्तान्तरण गरेका थिए ।
सभार: दरौँदी दैनिक पत्रिका

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *