गोरखा – बिहीबार गोरखाको ७ स्थानिय तहमा थप १०७ जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।
गोरखा अस्पताल, पालुङटार नगरपालिका, गण्डकी, आरुघाट, शहिद लखन, बारपाक सुलिकोट, अजिरकोट र सिरानचोक गाउँपालिकामा गरी आज थप १०७ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य कार्यालय गोरखाले पुष्टी गरेको हो ।
संक्रमण देखिएका मध्ये एन्टिजेन परिक्षणका क्रममा गोरखा अस्पतालमा १ जना महिला, पालुङटार नगरपालिकामा २ जना पुरुष र गण्डकी गाउँपालिकामा ११ जना महिला र ९ जना पुरुषमा संक्रमण देखिएको छ ।
त्यस्तै गरी एन्टिजेन परिक्षण कै क्रममा बारपाक सुलिकोट गाउँपालिकामा २० जना महिला र ९ जना पुरुष, अजिरकोट गाउँपालिकामा २ जना महिला र ७ जना पुरुष र सिरानचोक गाउँपालिकामा १-१ जना महिला र पुरुषमा संक्रमण देखिएको छ ।
स्वास्थ्य कार्यालयका अनुसार पिसिआर परिक्षणबाट गण्डकी गाउँपालिकामा १ जना पुरुष, आरुघाट गाउँपालिका २० जना महिला र ६ जना पुरुष र शहिद लखन गाउँपालिकामा ८ जना महिला र ७ जना पुरुषमा संक्रमण देखिएको छ ।
कार्यालयले उपलब्ध गराएको रेकर्ड अनुसार पिसिआर परिक्षणमा ४२ जना र एन्टिजेनमा ६३ जना गरी कुल १०७ जनामा संक्रमण देखिएको हो । परिक्षण भएका मध्ये पिसिआर तर्फ २८ जना महिला र १४ जना पुरुष गरी ४२ जना र एन्टिजेन परिक्षणमा ३५ महिला र २८ पुरुष गरी ६३ जनामा संक्रमण देखिएको कार्यालयले जनाएको छ ।
by: गोरखा समाचार