आगामी वर्ष गोरखाका १४ शिक्षकको अनिवार्य अवकाश हुने

आगामी वर्ष गोरखाका १४ शिक्षकको अनिवार्य अवकाश हुने

आगामी वर्ष गोरखाका १४ शिक्षकको अनिवार्य अवकाश हुने भएको छ।

आर्थिक वर्ष २०७८/०७९ को साउनदेखि पुस मसान्तसम्म गोरखाका १४ शिक्षकको अनिवार्य अवकाश हुने शिक्षक किताबखानाले जनाएको हो। किताबखानाले अवकाश हुने शिक्षकहरुको नामावलीसमेत प्रकाशन गरेको छ।

किताबखानाले शिक्षा नियमावली २०५९ को नियम १२६ उपनियम(घ) बमोजिम जिल्ला अन्तर्गत सामुदायिक विद्यालयहरुमा कार्यरत मिति २०७८ साउन १ गतेदेखि २०७८ पुस मसान्तसम्म अनिवार्य अवकाश हुने शिक्षकहरुको नामावली जिल्लामा पठाएको छ।
सरकारले ६० वर्ष उमेर पूरा भएका शिक्षकको अनिवार्य अवकाश गर्दै आएको छ। by:choicefm.org

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *