गोरखाका ३ जना कोरोना संक्रमितको मृत्यु

गोरखाका ३ जना कोरोना संक्रमितको मृत्यु

गोरखाका ३ जना कोरोना संक्रमितको मृत्यु भएको छ । जेठ २४ गतेदेखी २६ गतेसम्म गोरखाका ३ जना कोरोना संक्रमितको मृत्यु भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

निर्देशनालयको विज्ञप्ती अनुसार सिरानचोक गाउँपालिका ३ का ९२ बर्षका पुरुष, अजिरकोट गाउँपालिका ५ का ६२ बर्षका पुरुष र पालुङटार नगरपालिका ३ की ८० बर्षकी कोरोना संक्रमित महिलाको मृत्यु भएको हो ।
जेठ २२ गते कोरोना संक्रमण पुष्टि भएका सिरानचोकका पुरुषको जेठ २५ गते भरतपुर अस्पतालमा मृत्यु भएको विज्ञप्तीमा उल्लेख छ ।

यस्तै, अजिरकोटका पुरुषको कोरोना संक्रमण पुष्टि भएको २ दिनपछि जेठ २५ गते होम आइसोलेसनमा नै ज्यान गएको जनाईएको छ ।

पालुङटारकी महिलाको जेठ २६ गते भरतपुर अस्पतालमा मृत्यु भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । उनमा जेठ २३ गते कोरोना संक्रमण पुष्टि भएको थियो । by:choicefm.org

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *