डस्टवीनमा फालिएको औषधीको फोटो खिचेर मेरो चरित्र हत्या गरियो : साँसद दवाडी (विज्ञप्ती सहित)

डस्टवीनमा फालिएको औषधीको फोटो खिचेर मेरो चरित्र हत्या गरियो : साँसद दवाडी (विज्ञप्ती सहित)

विज्ञप्ती
सम्पूर्ण महानुभावहरु
अहिले देशभर कोभिड १९ को संक्रमण तीब्र गतिमा फैलिएको सबैलाई अवगत नै छ । पहिलो भेरियन्टबाट केहि सुरक्षित रहेपनि दोश्रो भेरियन्टबाट गोरखाको निर्वाचन क्षेत्र नम्बर २ (ख) पनि अछुतो रहन सकेन । घरघरमै विरामीहरु देखिन थाले । करिव भयावह अवस्था हामीले व्यहोर्नुप¥यो । यो दुखद अवस्थामा सबैलाई काठमाडौं र पोखरा उपचारका लागि पठाउन सक्ने स्थिति रहेन । विरामीको चाप अस्पतालहरुमा बढ्दै गए र बढ्दै छन् । कति विरामीहरु अहिले पनि घरमै बसेर आफ्नो ख्याल गरिरहनुभएको छ ।
घरबाट बाहिर ननिस्किन सरकारले लगाएको उर्दीका कारण उनीहरु स्वास्थ्य चौकी र नजिकका अस्पतालहरुमा जान पनि सकेनन् । त्यसैले गाउँ बाहिर भएका हामीहरुले सल्लाह गरेर स्वास्थ्य चौकी मार्फत औषधी र स्वास्थ्य सामग्रीहरु उपलब्ध गराउन थाल्यौं । नागरिकहरु छटपटाईरहेका बेला म पनि चुप बस्न सकिनँ र उनीहरुको सेवामा खटिएको स्पष्ट गराउन चाहान्छु ।
यहि सिलसिलामा देश विदेशमा बसोबास गर्ने विभिन्न सहयोगी मनहरुबाट औषधी संकलन गरि मिति २०७८/२/२४ गते बारपाक सुलिकोट गाउँपालिका ४ सौरपानीको स्वास्थ्य चौकी र ४ कै रन्चोक स्वस्थ्य चौकि लगायतका स्वास्थ्य संस्थामा वितरण गरिएको थियो । अरु स्वास्थ्य संस्थामा वितरित औषधीमा समस्या देखिएन । हतारोमा औषधी किनेर उपलब्ध गराईएकोमा स्वास्थ्य कर्मी र वडाध्यक्षको रोहवरमा रुजु गर्दा दुईवटा स्वास्थ्य चौकीमा वितरण गरिएको केहि औषधीहरु म्याद गुज्रिएको पर्न गएको जानकारी पाईसकेका छौं । साथै म्याद नभएका औषधी डिस्पोज गरि अरु औषधी मात्रै प्रयोग गर्न मैले स्वास्थ्यकर्मीहरुलाई आग्रह गरिसकेको छु ।
वडा अध्यक्ष सहित प्रतिनिधिहरुको उपस्तिथिमै म्याद गुज्रिएका औषधी डस्टविनमा फालिएकोमा डस्टविनबाट झिकेर राजनीतिक पुर्वाग्रह राखेर फोटो खिचेर गलत मनसायले सामाजिक सन्जालमा पोष्ट गरिएको घटनाप्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ । जनताको स्वास्थ्य माथी जानाजान खेलवाड गर्नु अपराध हो । त्यसमाथी म्याद गुज्रिएको औषधी वितरण गर्नु अघि नै रुजु भैसकेको र त्यसले कसैमाथी असर नपरेको म सबैमा जानकारीका लागि अनुरोध गर्दछु । राजनीतिक पुर्वाग्रहका आधारमा जनतासामु भ्रम छरेकोमा सम्बन्धीत पक्षप्रति खेद प्रकट गर्दै यस्ता भ्रमको पछि नलाग्न सम्पूर्णमा अनुरोध गर्दछु ।
साथै कुनैपनि औषधी जनताको घरमा वितरण गरिएको छैन । सामाजिक सन्जालमा घरघरमा औषधी वितरण गरिएको भनि कु–प्रचार गरिएको छ । भ्रम सिर्जना गर्ने र चरित्र नै हत्या गर्ने मनसायले यसरी गरिएको कु प्रचारको घोर विरोध र भत्र्सना गर्दछु । साथै सम्बन्धित व्यक्तिलाई पक्राउ गरि कानूनी कारबाहीका लागि प्रशासनसँग आग्रह गर्दछु । र अन्त्यमाः नागरिकको पूर्ण स्वास्थ्यका लागि म र हामी साथीहरु हरक्षण सचेत छौं । यो राजनीति गर्ने बेला होईन, जनताको ज्यानको रक्षा गर्ने समय हो । कृपया यो अभियानमा जोडिनु हुन सम्पूर्ण सहयोगी मनहरुलाई हार्दिक अपिल पनि गर्दछु । धन्यवाद ।
प्रकाशचन्द्र दवाडी
प्रदेशसभा सदस्य
गोरखा क्षेत्र नम्बर २ (ख)

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *