गोरखामा बुधबार ७० जनामा कोरोना संक्रमण पुष्टि

गोरखाको कोरोना अपडेटः १०७ निको भए, ७ जना थपिए

गोरखामा आज ७० जनामा कोरोना संक्रमण देखिएको छ । प्रदेश जनस्वास्थ्य प्रयोगशालामा भएको पिसिआर परिक्षणमा ४१ जना र एन्टिजेन परिक्षणमा २९ जनामा संक्रमण पुष्ट भएको स्वास्थ्य कार्यालय गोरखाले जनाएको छ ।
पिसिआर परिक्षणमा आरुघाट गाऊँपालिकाका २६ जनामा संक्रमण भएको पाइएको हो । यस्तै शहिद लखन गाऊँपालिकाका १५ जनामा पनि पिसिआर परिक्षणमा कोरोना संक्रमण पुष्टि भएको छ ।

वारपाक सुलिकोट गाऊँपालिकाले गरेको एन्टिजेन परिक्षणमा २९ जनामा संक्रमण रहेको पाइएको स्वास्थ्य कार्यालयका सूचना अधिकारी नवराज खड्काले बताउनुभयो ।

by:choicefm.org

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *