गोरखामा २०७२ सालको भूकम्पले क्षति पुयाएकामध्ये १५ वटा स्वास्थ्य चौकीको भवन निर्माणका लागि ठेक्का सम्झौता भएको छ ।
दोस्रो प्याकेज अन्तर्गत भवन बन्ने स्वास्थ्य संस्था :
थुमी स्वास्थ्य चौकी, ताङ्लीचोक स्वास्थ्य चौकी, भूम्लीचोक स्वास्थ्य चौकी, गाईखुर स्वास्थ्य चौकी र फुजेल स्वास्थ्य चौकी ।
निर्माण लागत- १३ करोड १ लाख १० हजार २ शय १० रुपैया ।
निर्माण ब्यवसायी- तुलसीभक्त कन्स्ट्रक्सन, निर्माण अवधी- १५ महिना ।
तेस्रो प्याकेज अन्तर्गत भवन बन्ने- १० वटा स्वास्थ्य चौकी :
सौरपानी आयुर्वेद औषधालय, श्रीनाथकोट स्वास्थ्य चौकी, खरिबोट स्वास्थ्य चौकी, स्वाँरा स्वास्थ्य चौकी, सौरपानी स्वास्थ्य चौकी, छोप्राक स्वास्थ्य चौकी, मुच्चोक स्वास्थ्य चौकी, ताकुकोट स्वास्थ्य चौकी, हर्मी स्वास्थ्य चौकी र पाँचखुवा देउराली स्वास्थ्य चौकी ।
निर्माण लागत- ३२ करोड ८१ लाख ९० हजार ३ शय १७ रुपैयाँ ।
निर्माण ब्यवसायी- रविना/होम निर्माण जेभी
भूकम्पले क्षति पुयाएकामध्ये अन्य ९ स्वास्थ्य चौकीको भवन निर्माणका लागि पनि प्राविधिक प्रक्रिया पूरा भएको इकाई प्रमुख सुनिता श्रेष्ठले बताउनुभयो । पहिलो प्याकेजको ९ वटा भवनको बोलपत्रको मुल्याङ्कनको काम सकेर आर्थिक प्रस्ताव स्विकृतिका लागि केन्द्रिय आयोजना कार्यान्वयन इकाईमा पठाइएको छ ।
पहिलो प्याकेज अन्तर्गत घैरुङ आयुर्वेद औषधालय, धुवाँकोट स्वास्थ्य चौकी, देउराली स्वास्थ्य चौकी, बड्डाँडा स्वास्थ्य चौकी, नामजुङ स्वास्थ्य चौकी, ताक्लुङ स्वास्थ्य चौकी, घैरुङ स्वास्थ्य चौकी, ताप्ले स्वास्थ्य चौकी र तारानगर स्वास्थ्य चौकीको भवन निर्माण हुने इकाई प्रमुख श्रेष्ठले बताउनुभयो ।
भारत सरकारको सहयोगमा ३० वटा स्वास्थ्य चौकी बन्ने भएको हो । बाँकी ६ वटा स्वास्थ्य चौकीको जग्गा ब्यवस्थापन नभएकाले प्राविधिक काम अघि बढ्न सकेको छैन । जग्गा ब्यवस्थापन हुनासाथ ति स्वास्थ्य चौकीको भवन निर्माणका लागि प्रक्रिया अघि बढाइने इकाई प्रमुख श्रेष्ठले जानकारी दिनुभयो ।
भारत सरकारको सहयोगमा बन्ने ३० वटा बाहेक नेपाल सरकारको स्रोतबाट पनि १२ वटा स्वास्थ्य चौकीको भवन बन्नेछ । त्यसमध्ये ४ वटा भवनको प्राविधिक मुल्याङ्कनको काम सकिएको छ । भूकम्पले क्षति पुगेकामध्ये हालसम्म नारेश्वर स्वास्थ्य चौकीको मात्रै पक्की भवन निर्माण पूरा भएको छ । अन्य स्वास्थ्य संस्था अस्थायी भवनमा सञ्चालनमा रहेका छन् ।
सभार :choicefm.org