डस्टवीनमा फालिएको औषधीको फोटो खिचेर मेरो चरित्र हत्या गरियो : साँसद दवाडी (विज्ञप्ती सहित)

डस्टवीनमा फालिएको औषधीको फोटो खिचेर मेरो चरित्र हत्या गरियो : साँसद दवाडी (विज्ञप्ती सहित)

नेपाली काँग्रेसका प्रदेश साँसद प्रकाशचन्द्र दवाडीले डस्टवीनमा फालिएको औषधीलाई झिकेर फोटो खिचेर सामाजिक सञ्जाल मार्फत आफ्नो चरित्र हत्या गर्ने काम गरेको भन्दै त्यस्ता ब्यक्तिलाई कानूनी कारवाही गर्न प्रशासनलाई आग्रह गरेका छन् ।

साता दिन अगाडी बारपाक सुलिकोट क्षेत्रको स्वास्थ्य संस्थालाई उपलब्ध गराईएको केही औषधी मिति गुज्रीएको पाईए पछि सामाजिक सञ्जाल र केही सञ्चार गृहले समाचार प्रकाशित गरे पछि साँसद दवाडीले प्रेस विज्ञप्ती निकाल्दै त्यस्तो घटना प्रति घोर भत्सना गर्दै त्यस्ता ब्यत्तिलाई पक्राउ गरी कानूनी कारावही गर्न प्रशासन संग आग्रह गरेका हुन् ।
गोरखा क्षेत्र नम्बर २ (ख) का प्रदेश सभाका सांसद दवाडीले विज्ञप्ती मार्फत हतारोमा औषधी किनेर उपलब्ध गराइएकोमा केही औषधी म्याद गुज्रिएको पाइएको भन्दै स्विकार समेत गरेका छन् । बिज्ञप्तीमा ‘वडा अध्यक्ष सहित प्रतिनिधिहरुको उपस्थितीमै म्याद गुज्रिएका औषधी डस्टविनमा फालिएकोमा डस्टविनबाट झिकेर राजनैतिक पूर्वाग्रह राखेर फोटो खिचेर गलत मनसायले सामाजिक सञ्जालमा पोष्ट गरिएको घटना प्रति मेरो गम्भिर ध्यानाकर्षण भएको छ । जनताको स्वास्थ्य माथी जानाजान खेलबाड गर्नु अपराध हो । त्यसमाथी म्याद गुज्रिएको औषधी वितरण गर्नु अघि नै रुजु भई सकेको र त्यसले कसैमाथी असर नपरेको म सबैमा जानकारीका लागि अनुरोध गर्दछु’ भन्दै ‘राजनितिक पूर्वाग्रहका आधारमा जनता सामु भ्रम छरेकोमा सम्वन्धीत पक्ष प्रति खेद प्रकट गर्दै यस्ता भ्रमको पछि नलाग्न सम्पूर्णमा अनुरोध गर्दछु’ भनिएको छ ।

सांसद दवाडीले केही दिन अगाडी मात्रै सौरपानी र रन्चोक स्वास्थ्य चौकीलाई कोरोना संक्रमितलाई लक्षित गर्दै केही औषधीहरु उपलब्ध गराएका थिए ।
सभार :गोरखा समाचार

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *