गोरखा नगरपालिकाको शिखर, कोखे आहाले र आरुबोटेमा ८० जनामा संक्रमण पुष्टी

गोरखा नगरपालिकाको शिखर, कोखे आहाले र आरुबोटेमा ८० जनामा संक्रमण पुष्टी

गोरखा – गोरखा नगरपालिकाको वडा नम्बर १ र २ को विभिन्न क्षेत्रमा आइतबार गरिएको एन्टिजेन परिक्षणमा ८० जनामा कोरोना संक्रमण देखिएको छ ।

नगरपालिकाको शिखर, कोखेआहाले र आरुबोटे क्षेत्रमा हिजो २१२ जनामा गरिएको एन्टिजेन परिक्षणका क्रममा ८० जनामा कोरोना संक्रमण देखिएको गोरखा नगरपालिकाका स्वास्थ्य शाखाका जन स्वास्थ्य अधिकृत निश्चल अर्यालले बताए ।

गोरखा नगरपालिकाको वडा नम्बर १ को शिखर र कोखेआहालेमा १५२ जनाको एन्टिजेन परिक्षण गर्दा ५५ जनामा पोजेटिभ देखीएको र वडा नम्बर २ को आरुबोटे क्षेत्रम ६० जनामा एन्टिजेन परिक्षण गर्दा २५ जनामा पोजेटिभ देखिएको अधिकृत अर्यालले जानकारी दिए ।

नगर क्षेत्रमा पनि केही साता यता संक्रमणको दर उच्च देखिएको र गाउँ गाउँमा कोरोना संक्रमणका लक्षण भएका मानिसहरु देखिन थाले पछि स्वास्थ्य शाखाले एन्टिजेन परिक्षणलाई तिब्रता दिन थालेको छ ।

हिजै नै शाखाले आरुबोटे क्षेत्रबाट ३३ जनाको पिसिआर नमुना संलकन गरेको गोरखा नगरपालिका स्वास्थ्य शाखाले जनाएको छ ।

सभार : गोरखा समाचार

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *