गोरखामा १४११ सक्रिय संक्रमित, २६६को पिसिआर रिपोर्ट आउन बाँकी

गोरखामा १४११ सक्रिय संक्रमित, २६६को पिसिआर रिपोर्ट आउन बाँकी

गोरखामा एक हजार चार सय ११ जना सक्रिया संक्रमित रहेका छन् । स्वास्थ्य कार्यालयका अनुसार सोमवार सम्म दोस्रो लहर सुरु भएयता तीन हजार तीन सय ९० जनालाई कोरोना संक्रमण भएको छ ।
बिभिन्न पालिकाका दुई सय ६६ जनाको पिसिआर जाँचका लागि स्वाब प्रदेश जनस्वास्थ्य प्रयोगशाला पोखरा पठाइएको र रिपोर्ट प्राप्त हुन बाँकी रहेको स्वास्थ्य कार्यालयका माहामारी फोकल पर्सन नारायणबाबु अर्यालले बताए ।

सोमवार गोरखामा एक सय सात जना संक्रमित थपिएका छन् । गोरखा नगरपालिका, धार्चे गाउँपालिका र बारपाक सुलिकोट गाउँपालिकामा संक्रमित थपिएका हुन् ।

सभार :  दरौँदी दैनिक पत्रिका

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *