गोरखामा एकै दिन २६० जना संक्रमित थपिए

गोरखामा एकै दिन २६० जना संक्रमित थपिए

गोरखामा आइतबार एकै दिन दुई सय ६० जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य कार्यालयका अनुसार एक सय ५६ जनाको पिसिआर र एक सय चार जनाको एन्टिजेन परीक्षणमा रिपोर्ट पोजेटिभ आएको छ ।
गोरखा नगरपालिका वडा नम्बर २ को एकै वडामा ५५ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यालय गोरखाका अनुसार पालुङटार नगरपालिका, आरुघाट गाउँपालिका, शहीदलखन गाउँपालिका, धार्चे गाउँपालिका, गण्डकी गाउँपालिका, अजिरकोट, सिरानचोक लगायतका ठाउँमा संक्रमित थपिएका छन् ।
यस अघि पिसिआर रिपोर्ट आउन दुई साता सम्म समय लागेको थियो । ‘अहिले दुई दिन भित्रै पिसिआर रिपोर्ट आएको छ’ गोरखा नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख इश्वर रेग्मीले भने । गोरखा नगरपालिकाको एकै वडामा ठुलो संख्यामा संक्रमित भेटिएपछि होम आइशोलेसनमा बस्न अनुरोध गरिएको र कन्ट्याक्ट टे«ेसिङ गरिने उनले बताए ।
गोरखामा अझै दुई सय ६७ जनाको पिसिआर रिपोर्ट आउन बाँकी रहेको स्वास्थ्य कार्यालयले जनाएको छ । आईतवार सम्म तीन हजार दुई सय ८४ जनालाई कोरोना संक्रमण पुष्टि भएको मध्ये एक हजार तीन सय २१ मात्रै सक्रिय संक्रमित रहेका छन् ।
आईतवार एक सय ५० जनाको पिसिआर जाँचका लागि स्वाब लिइएको छ ।

सभार :daraundi.com

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *