बिर्दी ट्रयाक्टर दुर्घटनाका मृतकको शव १८ घण्टादेखि घटनास्थलमै, क्षतिपूर्तिका विषयमा कुरा मिलेन

बिर्दी ट्रयाक्टर दुर्घटनाका मृतकको शव १८ घण्टादेखि घटनास्थलमै, क्षतिपूर्तिका विषयमा कुरा मिलेन

गोरखाको पालुङटार नगरपालिका ९ बिर्दीमा भएको ट्रयाक्टर दुर्घटनाका मृतकको शव उठाउने विषयमा विवाद भएको छ । ग १ त ४२७८ नम्वरको ट्याक्टर गएराति पौने १० वजेतिर सडकबाट १० मिटर तल खस्दा धादिङको दार्खा घर भएका २० वर्षका याकुव तामाङको घटनास्थलमै मृत्यु भएको थियो ।

मृतकका परिवारका सदस्य र आफन्त बिहान घटनास्थल आइपुगेका थिए । क्षतिपूर्तिका विषयमा कुरा नमिल्दा आफन्तले शव उठाउन नमानेका एक स्थानीय बासिन्दाले बताएका छन् । मृतकका तर्फबाट सवारी धनीसँग २५ लाख रुपैयाँ रकम मागिएको उनको भनाई छ ।

सवारी धनीले भने नियमानुसारको रकम र त्यसमा ब्यवहारिक रुपमा थप रकम दिने बताएका छन् । रातमाटे प्रहरी चौकीमा भएको छलफलबाट पनि समाधान निस्कन नसकेको घटनास्थलमा रहेका ति स्थानीयले जानकारी दिएका छन् ।
स्रोत :choicefm.org

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *