गोरखामा आइतवार एकैदिन १ शय २ जना कोरोना संक्रमित थपिएका छन् ।
प्रदेश जनस्वास्थ्य प्रयोगशालामा भएको पिसिआर परिक्षणमा चार पालिकाका १ शय २ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालयले जनाएको छ ।
संक्रमण पुष्टि हुनेहरुमा पालुङटार नगरपालिकाका ४३ जना, आरुघाट गाऊँपालिकाका ३२ जना, शहिद लखन गाऊँपालिकाका २३ जना र धार्चे गाऊँपालिकाका ४ जना रहेका छन् ।
पालुङटारका संक्रमितहरुमा वडा नम्वर ३ का ३६ जना, वडा नम्वर २ का ४ जना, वडा नम्वर ४ का १ जना रहेका छन् । यस्तै पालुङटारमै स्वाब दिएका सिरानचोक वडा नम्वर १ र ७ का २ जनामा पनि संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालयका सूचना अधिकारी नवराज खड्काले बताउनुभयो ।
शहिद लखन गाऊँपालिकाका संक्रमितहरुमा वडा नम्वर ६ का ७ जना र वडा नम्वर ७ का १६ जना रहेका छन् ।
आरुघाटको वडा नम्वर ४, ९ र १० का ३२ जनामा पनि आजै संक्रमण पुष्टि भएको छ । धार्चेका संक्रमितहरुमा वडा नम्वर २ का २ जना महिला र २ जना पुरुष रहेका स्वास्थ्य कार्यालयले जानकारी दिएको छ ।
सभार : choicefm.org