गोरखाको पालुटङटार नगरपालिका ९ बिर्दीमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यू भएको छ ।
ग १ त ४२७८ नम्बरको ट्याक्टर सडकबाट करिब १० मिटर तल खस्दा ट्याक्टरमा सवार धादीङको दार्खा गाउँपालिका ३ खनियाँका २० वर्षिय याकुब तामाङको घटनास्थलमै मृत्यू भएको प्रहरीले जनाएको छ ।
बिर्दीबजारबाट मसाने ठाँटी तर्फ आउँदै गरेको ट्याक्टर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय गोरखाका डिएसपी प्रकाश दाहालले बताए ।
सभार :दरौँदी दैनिक पत्रिका