गोरखामा शनिवार एक सय ९१ जनाको पिसिआर जाँचका लागि स्वाब संकलन गरिएको छ । स्वास्थ्य कार्यालयका अनुसार गोरखा नगरपालिकामा ६९ जना महिला र ८३ जना पूरुषको स्वाब संकलन गरिएको हो ।
यस्तै शहीदलखन गाउँपालिकामा नौ जना महिला, नौ जना पुरुष र सिरानचोक गाउँपालिकामा ६ जना महिला र १५ जना पुरुषको पिसिआर जाँचकालागि स्वाब लिइएको स्वास्थ्य कार्यालयका कोरोना फोकल पर्सन नारायणबाबु अर्यालले बताए ।
आज संकलन भएको सहित गोरखाका छ सय ३१ जनाको पिसिआर रिपोर्ट आउन बाँकी रहेको छ ।
तीन हजार २५ जना संक्रमित मध्ये गोरखामा अहिले एक हजार दुई सय १६ जना मात्रै सक्रिय संक्रमित छन् ।
सभार : दरौँदी दैनिक