नगरपालिकाको कार्यालयमा फालिदिए स्थानियले फाेहर

नगरपालिकाको कार्यालयमा फालिदिए स्थानियले फाेहर

गोरखा – गोरखा नगरपालिका कार्यालय क्षेत्रमा लामो समय सम्म पनि फोहर संकलन नभएको भन्दै स्थानिले कार्यालयमा नै लगेर फोरह फालिदिएका छन् ।

गोरखा नगरपालिका ८ को बगैचाटोलका स्थानियले बिगत २ महिना देखी फोहर संकलनका लागि गाडी नआएको भन्दै घरका सवै फोहर नगरपालिकाको कार्यालय परिषरमा लगरे फालिदिएका हुन् ।

घरमा भएका फोहोर कुहिन थालेको र गन्ध आउन थाले पनि कार्यालय वरपर रहेका स्थानिय मिलेर कार्यालय परिषरमा फोहर जम्मा गरिदिएका हौ एक स्थानियले भने । ‘झिङगा भन्क थालेको र गन्ध समेत आउन थाले पछि हामी सबै मिलेर कार्यालय परिषरमा फोहर जम्मा गरिदिएका हौ’ उनले भने ।

यता नगरपालिका प्रमुख प्रशासकिय अधिकृत दिनेशराज पन्तले भने फोहर उठाउने गाडी दिनहु जसो कार्यालयबाट जाने गरेको भएता पनि वरपर नै फोहर संकलनमा नगएको कुरा बल्ल थाहा पाएको र भोली नै उत्त स्थानमा गाडी पठाउने बताए ।

नगरपालिका २ वटा सवारी साधान दैनिक जसो कुदी रहेको भएता पनि बजार क्षेत्रमा फोहर संकलनमा लापरवाही भई रहेको गोरखा नगरपालिका ६ की मिना गुरुङले बताईन । ‘हामी अर्काको घरमा डेरी गरी बस्छौ । गर्मीको मौषम छ, भान्साबाट निस्कने फोहर एक दुई दिनमा फालेनौ भने गन्नाएर बस्नै हुदैन । गाडी कहिले आउने हो पत्तै हुदैन’ गुरुङले भनिन् ।

‘कर तिर्ने बेलामा समयमा तिरेन भनेर जरिवाना लिन सक्ने नगरपालिकाले समयमा नै फोहर उठाउनु पर्छ भन्ने कुराको पनि ज्ञान हुनुपर्ने एक स्थानियले गुनासो गरे ।

नगरपालिकाले कुहिने फोहोर र नकुहिने फोहोरो व्यवस्थापनका लागि नगरबासीलाई सचेतना प्रदान गर्न नसक्दा पनि नगरभित्र दैनिक निस्कने फोहोरको मात्र बढी रहेको दावी गरेको छ । घर भित्र कुहिने फोहोरको व्यवस्थापन गर्न सके कुहिने फोहरका लागि हप्ताको १ पटक मात्रै पनि गाडी पठाउदा काफी हुने कार्यालयको दावी छ ।

सभार : गोरखा समाचार

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *