गोरखामा १ स्वास्थ्यकर्मी सहित ५० जनामा कोरोना संक्रमण

गोरखामा १ स्वास्थ्यकर्मी सहित ५० जनामा कोरोना संक्रमण

गोरखामा १ जना स्वास्थ्यकर्मी सहित शुक्रवार ५० जना कोरोना संक्रमित थपिएका छन् । प्रदेश जनस्वास्थ्य प्रयोगशालामा भएको पिसिआर परिक्षणमा आरुघाट, सिरानचोक, शहिद लखन र चुमनुब्री गाऊँपालिकाका गरि ५० जनामा संक्रमण पुष्टि भएको हो ।संक्रमण हुनेहरुमा आरुघाटका २३ जना, शहिद लखनका १६ जना, सिरानचोकका ८ जना र चुमनुब्री गाऊँपालिकाका ३ जना रहेका छन् । आरुघाटका संक्रमितहरुमा वडा नम्वर ५ का १६ जना, वडा नम्वर ६ र १० का ३/३ जना र वडा नम्वर ९ का १ जना रहेका छन् ।

आरुचनौटे प्राथमिक स्वास्थ्य केन्द्रमा कार्यरत २५ वर्षकी स्वास्थ्यकर्मीमा पनि संक्रमण देखिएको गाऊँपालिकाका स्वास्थ्य शाखा प्रमुख विजय श्रेष्ठले बताउनुभयो ।
यस्तै शहिद लखन गाऊँपालिकाका १६ जनामा संक्रमण पुष्टि भएको छ । वडा नम्वर ४ का ५ महिला र ७ पुरुष तथा वडा नम्वर २ का २ जना पुरुष र २ जना महिलामा संक्रमण पुष्टि भएको गाऊँपालिकाका स्वास्थ्य शाखा संयोजक विरेन्द्र श्रेष्ठले बताउनुभयो ।
यस्तै सिरानचोक गाऊँपालिका वडा नम्वर ८ मा भएको एन्टिजेन परिक्षणमा ८ जनामा कोरोना संक्रमण देखिएको छ । सो ठाऊँका ४३ जनाको एन्टिजेन परिक्षण गर्दा ६ महिला र २ पुरुषमा संक्रमण देखिएको स्वास्थ्य कार्यालय गोरखाका सूचना अधिकारी नवराज खड्काले बताउनुभयो ।प्रदेश स्वास्थ्य निर्देशनालयबाट खटिएको कोभिड प्रतिकार्य समूहले एन्टिजेन परिक्षण गरेको हो ।
यस्तै चुमनुब्री गाऊँपालिकाले वडा नम्वर ३ को घट्टेखोलामा गरेको एन्टिजेन परिक्षणमा ६ र २१ वर्षका पुरुष तथा ३१ वर्षकी महिलामा संक्रमण पुष्टि भएको खड्काले जानकारी दिनुभयो ।
सभार :choicefm.ogg

 

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *