बिहिबार गोरखामा दुईजना कोभिडका बिरामीको मृत्यू

बिहिबार गोरखामा दुईजना कोभिडका बिरामीको मृत्यू

बिहिबार गोरखामा दुईजना कोभिडका बिरामीको मृत्यू भएको छ ।

बारपाक सुलीकोटका एक जना र गोरखा नगरपालिकाका एकजनाको मृत्यू भएको सम्बन्धित पालिकाले जनाएका छन् ।

गोरखा नगरपालिका ११ वीरेञ्चोक निवासी ५० बर्षका एक पुरुषको उपचारको क्रममा मृत्यु भएको हो । गोरखा अस्पतालबाट गत जेठ १ गत चितवन मेडिकल कलेजमा रिफर गरिएका उनको उपचारको क्रममा मृत्यू भएको नगरपालिकाका कोरोना फोकलपर्सन निश्चल अर्यालले जानकारी दिए ।

त्यस्तै बारपाक सुलीकोट गाउँपालिका २ का ७७ बर्षका वृद्धको पनि बिहिबार निधन भएको छ । कोभिडका कारण काठमाडौँको अस्पताल भर्ना भएका उनलाई थप उपचार रोकेर अस्पतालले बुधबार घरमा पठाएको र बिहिबार मृत्यू भएको पालिकाका कोरोना फोकल पर्सन कृष्ण भट्टले जानकारी दिए ।
स्रोत :daraundi.com

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *