छापथोक काठमाडौ सम्पर्क समाजद्वारा ताप्ले स्वास्थ्य चौकीलाई स्वास्थ्य सामाग्री प्रदान

छापथोक काठमाडौ सम्पर्क समाजद्वारा ताप्ले स्वास्थ्य चौकीलाई स्वास्थ्य सामाग्री प्रदान

गोरखा : गोरखा जिल्ला गोरखा नगरपालिका १ छापथोक काठमाडौं सम्पर्क समाजद्वारा गो न पा १ वडा कार्यालय मार्फत ताप्ले स्वास्थ्य चौकी लाइ कोभिड १९ स्वास्थ्य सामग्री प्रदान गरिएको छ ।

गोरखा नगरपालिका १ का वडा अध्यक्ष हिक्मत बहादुर कुँवरमार्फत ताप्ले स्वास्थ्य चौकीलाई हस्तान्तरण गरिएको हो ।पिपिइ ६ सेट , फेस सिल्ड ६ , सेनिटाइजर १० लिटर ,सर्जिकल माक्स १२५० पिस , ब्यानर १५ वटा , अक्सोमिटर २ थान लगायतका सामाग्री हरु सहयोग गरिएको भिमसेन भट्टले जानकारी दिए ।
हो ।
उक्त स्वास्थ्य सामाग्री छापथोक काठमाडौ सम्पर्क समाजका आजिवन सदस्यहरु प्रकाश भट्ट र कलाधर भट्ट साथै सचिव पूर्ण भट्टको उपस्थितिमा हस्तान्तरण गरिएको हो । छापथोक काठमाडौ सम्पर्क समाजद्वारा सधै आफ्नो क्षेत्रलाई सहयोग गर्ने प्रतिबद्धता जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *