स्थानीयले बनाए बुङ्कोट स्वास्थ्य चौकीमा १० वेडको आइशोलेसन

स्थानीयले बनाए बुङ्कोट स्वास्थ्य चौकीमा १० वेडको आइशोलेसन

गोरखाको शहीदलखन गाउँपालिका वडा नम्बर ७ बुङ्कोट स्वास्थ्य चौकीमा स्थानीयले आइशोलेसन निर्माण गरेका छन् । देश बिदेशमा रहेकाको सहयोगमा स्थानीय जुटेर १० वेड क्षमताको आइशोलेसन निर्माण गरिएको वडा अध्यक्ष शरण श्रेष्ठले बताए ।
बैशाख २४ गते वडा अध्यक्ष श्रेष्ठले स्थानीय बुद्धीजिवी, राजनीतिक दल, अगुवा, वडाका जनप्रतिनिधिको भेला राखे ।

भेलाले कोरोना नियन्त्रण रोकथामको योजना, रणनीतिका बारेमा छलफल ग¥यो । सँगै स्थानीय प्रेम श्रेष्ठको संयोजकत्वमा आपत् कालिन आर्थिक समिति गठन ग¥यो । काठमाण्डौँमा ब्यवशाय गर्दै आएका सामाजिक अभियन्ता श्रेष्ठको संयोजकत्वको आर्थिक समितिलाई सहयोग जुट्न थाल्यो । उक्त सहयोगबाट स्वास्थ्य चौकीमा आइशोलेसन बनाउने योजना बन्यो ।
‘जताततै कोभिडको संक्रमण बढ्न थाल्यो, शहीदलखन गाउँपालिकामा पनि संक्रमण फैलियो’ वडा अध्यक्ष श्रेष्ठले भने ‘अन्यत्र अस्पतालमा वेड नपाउने, बिरामीको उपचारमा समस्या हुने भएपछि हामीले हाम्रै स्वास्थ्य चौकीमा आइशोलेसन निर्माण ग¥यौँ ।’ अक्सिजन, स्तरीय बेड सहित आइशोलेसनका लागि चाहिने सबै उपकरण तयार रहेको उनले बताए ।

‘स्वास्थ्यकर्मीको टोली हामीसँग छ, डाक्टर सहितको सेवा बिरामीले आइशोलेसनबाट पाउँछन्’ उनले भने ।
उक्त आइशोलेसन एक साताभित्र निर्माण गरिएको वडा अध्यक्ष श्रेष्ठले बताए । आइशोलेसनका लागि १६ लाख भन्दाबढि रकम संकलन भएको आर्थिक संयोजक प्रेम श्रेष्ठले बताए । उक्त रकमबाट आइशोलेसनका लागि चाहिने सामग्री जोहो गरिएको छ । स्वास्थ्य चौकीमा ल्याब संचालनमा रहेको, दक्ष स्वास्थ्यकर्मी भएकाले आइशोलेसनमा बसेकालाई सेवा दिन सहज हुने गाउँपालिका स्वास्थ्य शाखाले जनाएको छ ।

‘हामीले पालिका भित्रका बिरामीलाई त्यहाँ राखेर आइशोलेसनको सेवा पनि दिन सक्छौँ’ स्वास्थ्य शाखा प्रमुख बिरेन्द्र श्रेष्ठले भने । बुङ्कोट स्वास्थ्य चौकीमा ठाउँ पनि रहेकाले आइशोलेसन निर्माण गर्न सकिएको वडा अध्यक्ष श्रेष्ठले बताए ।
आइशोलेसन निर्माणमा नर्बेका नब राज श्रेष्ठ, स्थानीय किरणबाबु श्रेष्ठ, राजकुमार आले, समितिका सदस्यहरु, सल्हाकार समितिका जीबनबहादुर आले लगायत दाताहरु सबैको सहयोग महत्वपूर्ण रहेको वडा अध्यक्ष श्रेष्ठले बताए ।
स्रोत :daraundi.com

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *