गोरखामा आज ४९ जनामा कोरोना संक्रमण

गोरखाको कोरोना अपडेटः १०७ निको भए, ७ जना थपिए

गोरखामा आज बुधवार ४९ जना कोरोना संक्रमित थपिएका छन् ।

पिसिआर विधिबाट भएको परिक्षणमा २३ जना र एन्टिजेन परिक्षणमा २६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । पिसिआर परिक्षणमा थपिएका २३ जना शहिद लखन गाऊँपालिकाका हुन् ।

सो गाऊँपालिकाको वडा नम्वर १ का ८ जना र वडा नम्वर ७ का १५ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालयका सूचना अधिकारी नवराज खड्काले बताउनुभयो ।

यस्तै गोरखा नगरपालिकामा आज १७ जना कोरोना संक्रमित थपिएका छन् । नगरपालिकाको वडा नम्वर २ शिखरमा गरिएको एन्टिजेन परिक्षणमा १७ जनामा कोरोना संक्रमण देखिएको हो ।

१० जना महिला र ७ जना पुरुषमा संक्रमण पुष्टि भएको नगरपालिकाका कोरोना फोकल पर्सन निश्चल अर्यालले बताउनुभयो । वडा नम्वर २ को शिखरमा ६३ जनाको एन्टिजेन परिक्षण गरिएको थियो ।

यस्तै सिरानचोक गाऊँपालिका वडा नम्वर ५ सालबोटमा गरिएको एन्टिजेन परिक्षणमा ९ जनामा कोरोना संक्रमण देखिएको गाऊँपालिकाका कोरोना फोकल पर्सन रामचन्द्र पाण्डेले बताउनुभयो । ५ जना महिला र ४ जना पुरुषमा संक्रमण पुष्टि भएको हो ।
स्रोत :choicefm.org

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *