गोरखा समाचार
गाेरखा – कोरोना महामारी तीब्र रुपमा फैलिरहेको बारपाकका बिरामीका लागि १० थान अक्सिजन कन्सन्ट्रेटर प्रदान गरिएको छ । माउण्टेन हर्ट नेपाल नामक गैरसरकारी संस्थाले सो अक्सिजन कन्सन्ट्रेटर बारपाकका लागि उपलब्ध गराएको हो ।
सो अक्सिजन कन्सन्ट्रेटर बारपाकसम्म ल्याउन बारपाक सुलीकोट गाउँपालिकाले हेलिकोप्टर चार्टर गरेको घलेले जानकारी दिए । सो अक्सिजन कन्सन्ट्रेटर आवश्यकताको आधारमा बारपाक सुलीकोट गाउँपालिकाको अन्य वडाहरुमा पनि पठाउने समझदारी भएको सभापति घलेले जानकारी दिए ।
अहिले सबै अक्सिजन कन्सन्ट्रेटर बारपाक स्वास्थ्य चौकीमा राखिएको घलेले जानकारी दिए ।
स्रोत : GorkhaSamachar.com