युवा जागरण अभियानद्वारा दलित र अपांगलाई राहत वितरण

युवा जागरण अभियानद्वारा दलित र अपांगलाई राहत वितरण

 

युवा जागरण नेपाल नामक एक गैरसरकारी संस्थाले गोरखा नगरपालिका वडा नं. ३ नारेश्वरका दलित समुदाय तथा अपांगता भएकाहरुलाई खाद्यान्न राहत वितरण गरेको छ ।

ग्लोबल पिस फाउण्डेशन काठमाडौं र इङ्गेज्ड नेपाल काठमाडौँ नामक दातृ निकायसँग समन्वय गरेर युवा जागरण अभियानले त्यहाँका ७५ घरधुरीलाई खाद्यान्न राहत वितरण गरेको हो ।

सो संस्थाले साबिक नारेश्वर गाविसको वडा नं. ४, ५, ६ र ७ का दलित असहाय, अपांगलाई चामल, दाल, नून, तेल वितरण गरेको हो । युवा जागरण अभियानका अध्यक्ष धिरन थापाले उनीहरुलाई भौतिक दुरी अपनाई प्रत्येक घरधुरीलाई एकेक बोरा चामल, दाल, नून र तेलको सेट मिलाएर वितरण गरेका हुन् ।

 

कोभिड महामारीले आर्थिक अबस्था कमजोर भएकाले राहत वितरण गरेको अध्यक्ष थापाले जानकारी दिए ।साभारः दरौँदी दैनिक पत्रिका

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *