पालुङटारमा सडकको नयाँ ट्रयाक खोल्न प्रतिबन्ध

पालुङटारमा सडकको नयाँ ट्रयाक खोल्न प्रतिबन्ध

 

गोरखाको पालुङटार नगरपालिकाले आर्थिक वर्ष २०७८/७९ मा नयाँ ट्रयाक खोल्न प्रतिबन्ध लगाएको छ ।

नवौँ नगर सभामा नीति तथा कार्यक्रम सार्वजनिक गर्दै उपमेयर पम्फा बसेलले भनिन्् ‘नयाँ ट्रयाक खोली सडक निर्माण कार्यलाई पूर्ण रुपमा नियन्त्रण गरिनेछ ।’
कच्ची सडक धेरै खनिने क्रम बढेको, भएका मूख्य सडक स्तरोन्नतीमा कार्यक्रम केन्द्रित गर्न नगरपालिकाले नयाँ ट्रयाक खोल्न निरुत्साहित गरेको उनले बताईन ।
नगरपालिका भित्रका सडकको लगत कट्टा गर्ने, सडक दयाँबायाँ हरियाली प्रर्वद्धन गर्ने, अहिले रहेका सडकलाई स्तरोन्नती गर्दै जाने, पालुङटारमा निर्माणाधिन बसपार्क चालु आर्थिक वर्षमा सिध्याउने नीति नगरपालिकाले लिएको छ ।
बिकास निर्माणका काम गर्दा उपभोक्ता समितिबाट गरिने काममा २÷२ प्रतिशत रकम मर्मत संभार र बिपद् ब्यवस्थापन कोषमा राख्ने र सो रकमबाट बिपद्मा परेकालाई सहयोग सँगै सडक मर्मत गर्ने योजना नगरपालिकाको छ ।
पालुङटार नगरपालिकाले दुध संकलन केन्द्रमा दुध बिक्री गर्ने किसानलाई प्रतिलिटर दुई रुपैयाँ अनुदान दिने ब्यवस्था गरेको छ । आगामी वर्षदेखि किसानले यो सुविधा सँगै कृष फर्म दर्ता एवं नबिकरण गर्दा ५० प्रतिशत छुट पाउने उपप्रमुख बसेलले बताईन ।
वडामा भएको उत्पादन ढुवानीकालागि नगरपालिकाले ५० प्रतिशत छुटमा किसानलाई ढुवानी सेवा दिने भएको छ । त्यसका लागि कृषि एम्बुलेन्स संचालन गरिने नीति तथा कार्यक्रममा उल्लेख छ । ५० प्रतिशत अनुदानमा बिउ बिजन, फलफुल, बोट बिरुवा बितरण गर्ने जस्ता योजना कृषिमा रहेको उपप्रमुख पम्फा बसेलले बताईन ।
नगरपालिका भित्र ४६ प्रतिशत मानिसले खाद्य असुरक्षाको सामाना गरिरहेकाले उनीहरुलाई लक्षित गरेर आगामी आर्थिक वर्षमा कार्यक्रम संचालन गर्ने योजना नगरपालिकाको छ । नगरपालिकालाई खाद्य उत्पादनमा आत्मनिर्भरता बनाउन र गरिबी न्यूनिकरण गर्न जग्गा बाँझो राख्न नपाउने नीति सँगै कबुलियती र सामुयिक खेतीमा प्रोत्साहन गर्ने नीति नगरपालिकाको छ । बैदेशिक रोजगारीबाट फर्किएकालाई काममा प्राथमिकता दिनेछ ।
नगरपालिका भित्र काठेपोल बिस्थापित गर्ने, नगरपालिका भित्र डिजिटल प्रविधिबाट नक्सापासको ब्यवस्था गर्ने, नक्सापास गरेर मात्र घर टहरा निर्माण गर्नुपर्ने नीति पालुङटार नगरपालिकाले लिएको उपप्रमुख बसेलले बताईन ।
नगरक्षेत्र भित्रको बतावरण स्वच्छ राख्न प्रविधिमैत्री आधुनिक चुलो प्रयोगमा प्रोत्साहन गर्ने, अत्यावश्यक क्षेत्रमा सार्वजनीक शौचालय निर्माण गर्ने योजना बनाउने नगरपालिकाले जनाएको छ ।
पालुङटार नगरपालिका भित्र बिभिन्न प्रकृतिका ५५ वटा सहकारी रहेको छ । ति सहकारीको बिकासका लागि अनुमति, नियमन र प्रशिक्षणमा जोड दिइने उनले उपप्रमुख बसेलले नवौँ नगरसभामा नीति कार्यक्रम घोषणा गर्दै जानकारी गराईन ।
नगरपालिका भित्र औषध साक्षरता दर ८५दशमलव ४८ रहेकाले यसलाई बढाउने नीति नगरपालिकाले लिएको छ । जस अन्र्तगत ‘पहिलो अक्षर क लेखौँ आफ्नै पालिकाको पेन्सिल’ भन्ने अभियान सुरु गरिनेछ । ‘आईडिया तपाईको लगानी हाम्रो’ भन्ने नाराका साथ युवा लक्षित कार्यक्रम संचालन गरिने नगरपालिकाले जनाएको छ ।साभारः दरौँदी दैनिक पत्रिका

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *