गोरखा ।
विवेकशिल साझा पार्टीले गोरखा जिल्ला अस्पतालका कोरोना संक्रमित र बिरामी कुरुवाका लागि सञ्चालन गरेको तातोभात अभियान रोकेको छ । जेठ १६ गतेदेखि सुरु भएको अभियान असार १२ गते साझँबाट रोकेको पार्टीका जिल्ला संयोजक किशोर रेग्मीले बताउनुभयो।
जिल्लामा कोरोना संक्रमितको संख्या घट्दै गएको र लकडाउन खुकुलो भएपछि जनजिवन सामान्य तर्फ उन्मुख भएकाले हाल तातोभात अभियान रोकेको रेग्मीको भनाई छ । यो अबधिमा तातोभात अभियानबाट ९ सय १८ जना लाभान्वित भएका सो पार्टीले प्रेस विज्ञप्ती मार्फत जानकारी दिएको छ ।
जिल्ला अस्पताल गोरखामा उपचाररत कोरोना संक्रमितले मात्रै नभई अरू रोगका बिरामी र तिनका कुरूवालाई पनि निःशुल्क खाना खुवाईएको हो । अभियान सञ्चालनका लागि काठमाडौंस्थित नर्भिक अस्पतालका संचालक मेघा चौधरीको अगुवाइमा २ लाख ३० हजार रूपैयाँ सहयोग प्राप्त भएको सो पार्टीले जनाएको छ ।साभारः च्वाईस एफ एम