गड हेड्स नेपाल मार्फत एक सय २५ परिवारलाई खाद्यान्न बितरण

गड हेड्स नेपाल मार्फत एक सय २५ परिवारलाई खाद्यान्न बितरण
गोरखा नगरपालिका भित्रका बिभिन्न वडाका एक सय २५ बिपन्न परिवारलाई खाद्यान्न बितरण गरिएको छ ।
गड हेड्स नेपाल गोरखाको समन्वयमा कोभिडका कारण जुगारा चलाउन समस्या भएका परिवारलाई गोरखा नगरपालिकाका मेयर राजनराज पन्तले हस्तान्तरण गरेका हुन् ।
नगरपालिकाको समन्वयमा परिवार छनौट गरि खाद्यान्न बितरण गरिएको संस्थाका अध्यक्ष रामचन्द्र दवाडीले बताए ।
प्रति परिवार करिब २७ सय रुपैयाँ बरावरको खाद्यान्न सहयोग गरिएको छ । मनोज श्रेष्ठ, बिकास श्रेष्ठ, अमिर कर्माचार्य र बेलायतमा रहेका गोर्खालीहरुको सहयोगमा उक्त सहयोग गरिएको उनले बताए ।
राहत हस्तान्तरण कार्यक्रममा गड हेड्सका पूर्व अध्यक्ष पुरुषोत्तम अर्याल, सदस्यहरु सित्तलकाजी मास्के, कमला श्रेष्ठ लगायतको उपस्थिती थियो ।साभारः दरौँदी दैनिक पत्रिका

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *