११ कक्षा भर्ना गर्न नसक्ने एकसय जनालाई धार्चे गाउँपालिकाले भर्ना गरिदिने

कायम रहेको ७१ प्रतिशत साक्षरता प्रतिशतलाई बढाएर ९० प्रतिशत बनाउन विभिन्न कार्यक्र#हाल कायम रहेको ७१ प्रतिशत साक्षरता प्रतिशतलाई बढाएर ९० प्रतिशत बनाउन विभिन्न कार्यक्रम लागु गर्ने पालिकाका प्रमुख सन्तोष गुरुङले जानकारी दिए ।

 

धार्चे गाउँपालिकाले १० कक्षा उतीर्ण गरी ११ कक्षा भर्ना हुन नसक्ने एकसय जना विद्यार्थीलाई भर्ना शुल्क अनुदान दिने भएको छ । हालै सम्पन्न गाउँसभाबाट पालिकाले बालबालिकालाई उच्च शिक्षा पढ्न प्रोत्साहित गर्नका लागि यस्तो नीति तथा कार्यक्रम पारित गरेको हो । सो नीति आउँदो आर्थिक बर्षदेखि लागु हुनेछ ।
साथै पालिकाले पालिकाको विद्यमान साक्षरता प्रतिशत वृद्धि गर्ने लक्ष्य राखेको छ । हाल कायम रहेको ७१ प्रतिशत साक्षरता प्रतिशतलाई बढाएर ९० प्रतिशत बनाउन विभिन्न कार्यक्रम लागु गर्ने पालिकाका प्रमुख सन्तोष गुरुङले जानकारी दिए ।
बिरामी पर्दा धामी झाँक्रीको भर पर्ने दर कम गर्ने र स्वास्थ्य संस्था जाने दर बढाई ९० प्रतिशत पु¥याउन आवश्यक कार्यक्रमहरु गर्ने नीति तथा कार्यक्रम पारित गरेको छ ।
त्यस्तै पालिकाले पर्यटन विकासमा जोड दिन र महिलाई पर्यटन क्षेत्रमा लाग्न प्रोत्साहन गर्न महिला टूेकिङ गाइड तालिम सञ्चालन गर्ने भएको छ । त्यस्तै रुविनाला क्षेत्रमा कस्तुरी फार्मिङ गरी बीना उत्पादन तथा विक्रीवितरण गर्न आवश्यक बजेट बिनियोजन गर्ने निर्णय गरेको छ ।
त्यस्तै वुद्ध हिमालबाट आएको पानी प्रशोधन गरी ‘वुद्धहिमाल शुद्धजल’को नामले ब्राण्डिङ गर्नका लागि आवश्यक बजेट बिनियोजन गर्ने पालिकाले जनाएको छ । वुद्धहिमाल शुद्ध जलको व्यापार गरी स्थानीय व्यापारी, व्यवसायी तथा पालिकाको आयस्रोत वृद्धि गर्ने लक्ष्य राखेको अध्यक्ष गुरुङले जानकारी दिए ।
पालिकाले रासयनिक मल प्रयोग लाई निरुत्साहत र जैविक मल प्रवद्र्धनलाई प्रोत्साहन गर्न गौमुत्र संकलनका लागि गोठालालाई प्लास्टिकको डूम अनुदानस्वरुप वितरण गर्ने नीति तथा कार्यक्रम अघि सारेको छ ।
त्यस्तै पालिकाले धार्चेडाँडामा पितृपूजा महोत्सव आयोजना गर्ने तथा धार्चेमा आउटडोर ग्यालरी बनाउने नीति अघि सारेको छ ।
शुक्रबार सम्पन्न गाउँसभाले ४४ करोड ५५ लाख रुपैयाँको अनुमानित बजेट पारित गरेको गाउँपालिका अध्यक्ष सन्तोष गुरुङले जनाए ।साभारः दरौँदी दैनिक पत्रिका

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *