गोरखा ।
कोभिड १९ का कारण गोरखामा बन्द रहेका लघुवित्त, बिमा कम्पनी लगायतका वित्तिय संस्थाहरु खोल्न पाईने भएको छ ।
जिल्ला कोभिड ब्यबस्थापन समितिको आज बसेको बैठकले असार १२ गते राती १२ बजेदेखि असार १९ गतेसम्म थप गरेको निषेधाज्ञामा लघुवित्त, बिमा कम्पनी लगायतका वित्तिय संस्थाहरु खोल्न दिने निणर्य गरेको हो ।
बैंक र सहकारी यसअघि नै सञ्चालनमा छन् ।
तर बैंक तथा वित्तिय संस्थाले घर दैलोमा पुगेर रकम संकलन गर्ने, भेला बैठक गर्न नपाउने निणर्य भएको जिल्ला प्रशासन कार्यालयका प्रशासकिय अधिकृत हर्क रोकाले बताउनुभयो । सेवा प्रवाह गर्दा अनिवार्य रुपमा स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गर्नुपर्ने उहाँको भनाई छ ।साभारः च्वाईस एफ एम